Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधि ,११ असार जाजरकोट ।मानवअधिकार तथा सामाजिक न्याय अभियान भन्ने मुल नाराका साथ जिल्ला स्तरीय सरोकरावालाहरुसंग युवा मानवअधिकार रक्षकहरुका सवालमा समन्वयात्मक कार्यक्रम जाजरकोट सदरमुकाम खलंगामा संचालन भएको छ ।
संजालका अध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह , गैर सरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव वस्नेत , भेरी ज्ञानोदय क्यम्प्सका क्याम्पस प्रमुख वलराम भण्डारी , ऐम्नेस्टि इन्टरनेशन नेपालका जाजरकोट संयोजक खम्ब जंग शाह , अन्र्तरपार्टी महिला संजालकाका अध्यक्ष राम छायाँ शाही,सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका कोषाध्यक्ष बालकुमार शर्मा लगाएतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
युवा मानव अधिकार रक्षकहरुका जाजरकोटका प्रमुख सवालहरुका वारेमा जिल्लाका युवा मानव अधिकार रक्षकहरुले परिचय सहित आ आफ्ना भनाइहरु राखेर छलफलको शुरुवात गरिएको थियो ।
कार्यक्रम ग्रामिणमुखी युवा अभियान नेपाल (रोयम नेपाल ) एइआइएन लक्जम्बर ,जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक संजाल जाजरकोटको सहकार्य तथा आयोजनामा सम्पन्न भएको समन्वयात्मक कार्यक्रममा
नेपाल राष्टिय दलित समाज कल्याण संघका कार्यवहाक अध्यक्ष रति नेपाली र कार्यक्रम संयोजक कृष्ण तिरुवा लगाएतले मानव अधिकारका क्षेत्रमा दलित बालबालिकाको क्षेत्र ,महिला अधिकारको क्षेत्रमा उपस्थित सहभागीहरुलाई कार्यक्रममा आवश्यक समन्वय गरेका थिए ।
कार्यक्रममा उपस्थित सहभागीको छफल तथा जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा जिल्लामा अझै मानव अधिकारको क्षेत्रमा धेरै कुराहरुमा वकालत आवश्यक रहेको निस्कर्ष निकालिएको छ ।
कार्यक्रममा जिल्ला स्थिीत विभिन सरोकारवाला निकायहरुको प्रतिनिधित्व रहको थियो ।

कार्यक्रममा ग्रुप विभाजन गरेर मावन अधिकार रक्षकको विषयमा छलफल गरेर निचोड निकालिएको थियो । समूहले आ आफ्ना विषयमा प्रस्तुती गरेका थिए ।

जारकोटमा २०८१ पौष १५ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक संञ्जाल जुनीचादे गाँउपालिका बाहेक ६ पालिकाका युवाहरुको उपस्थिीतीमा मानव अधिकार रक्षक संजालहरुको गठन गरिएको थियो । जिल्लाका विभिन्न स्थानमा मानव अधिकारका घटनाहरुको न्युनिकरण गर्न मावन अधिकारको सुनिश्चत कायम गराउन , लगाएतका उदेश्य राखि संजाल गठन भएको हो ।
नेपाल पत्रकार महासंघ , गैसस महासंघ , नागरिक समाज लगाएतका संघ संस्थाको अगुवाइमा मावन अधिकार रक्षक युवा संजाल गठन भएको थियो । रोयम् नेपाल प्रदेस संयोजक सन्तोष वि.क.को सहजिकरणमा वेला वेलामा मानव अधिकार संम्वन्धि छलफल हुदै आएको छ ।
कार्यक्रममा विभिन्न मानव अधिकारका आधारभुत पक्षरुका बिषयमा छलफल समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय