Oda khabar
ट्रेण्डिङ

आज बिश्व वातावरण दिवस  देस भर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।यसै सन्दर्भमा जाजरकोटमा पन विभिन्न संघ संस्थाहरुले दिवस मनाएका खवरहरु प्राप्त भएका छन् जस अन्र्र्तगत कस्ले के गरेर दिवस मनाए ।
लक्ष्मी सनराइज बैंक, जाजरकोट शाखा :-
लक्ष्मी सनराइज बैंक, जाजरकोट शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भेरी नगरपालिकाको वडा नम्बर ४ स्थित मालिका मन्दिर क्षेत्र र बीपी बाटिका परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

आज विहान भएको कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बोटबिरुवाहरू रोपिएको वैंकले जनाएको छ ।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा जिल्ला बन कार्यालय जाजरकोट, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमबारे सहभागीहरुलाईृ लक्ष्मी सनराइज बैंक जाजरकोट शाखाका प्रमुख आकाश सिंहले सहभागी सबै लाई धन्यवाद सहित वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनहरूमा पनि समाजप्रति योगदान दिने विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

डिभिजन बन कार्यालय जाजरकोट :-
कार्यालयले विभिन्न निकाय संग सहकार्य गरेर दिवस मनाएको छ । विद्यालय स्तरमा छुट्टै कार्यक्रम गरि मनाउने वजेट नभएकोले सहकार्य गरि मनाएको स्रोतले जनायो । कार्यलय प्रमुख संग टेफिफोन गरेर थप जानकारी लिन खोज्दा फोन रिसिभ भएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय