Oda khabar
ट्रेण्डिङ

जाजरकोट, ६ साउन  — ४१औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जाजरकोटले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रम भेरी नगरपालिका–४ स्थित विपी वाटिका तथा खलंगा सहलगानी खानेपानी आयोजनाको रानागाउँस्थित मुख्य ट्यांकी परिसरमा सम्पन्न भएको हो।

फोटो क्याप्सन : केन्द्रिय प्रतिनिधि गोपाल जि जंग शाह र जाजरकोट पार्टी सह सचिब छवि पन्त विरुवा लगाउदै ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि गोपालजी जंग शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

यसै अवसरमा नेपाली कांग्रेस जाजरकोटले केही समयदेखि सञ्चालन गर्दै आएको ‘जरा अभियान’ को औपचारिक समापन समेत गरेको छ। पार्टीका प्रवक्ता छवि पन्तले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न वृक्षारोपणजस्ता अभियान प्रभावकारी हुने बताउँदै वातावरण संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे।

उनले विपी स्मृति दिवसको अवसर पारेर आज र भोलि नेपाली कांग्रेसका सबै क्रियाशील सदस्यले आफ्नै घर वा आसपास कम्तीमा एक वटा रुख अनिवार्य रूपमा रोप्न आह्वान गरिएको जानकारी दिए। उक्त आह्वानअनुसार जिल्लाभरका क्रियाशील सदस्यहरूले वृक्षारोपण गरी सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरिरहेका छन्।

कार्यक्रममा रामछायाँ शाही, महेन्द्रबहादुर शाह, भीमबहादुर सिंह, खम्बजंग शाह, नगेन्द्र शाह, तेजविक्रम शाह, सान्तबहादुर बस्नेतलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

नेपाली कांग्रेस जाजरकोटले विपी कोइरालाको स्मृतिलाई केवल औपचारिकतामा सीमित नराखी वातावरण संरक्षणसँग जोडेर वृक्षारोपण अभियान सञ्चालन गर्नु सकारात्मक सन्देश भएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय