Oda khabar
ट्रेण्डिङ

लिला पौडेल २८ असार जाजरकोट । आर्थिक बर्ष ०८१।८२को बार्षिक प्रगति समीक्षा कार्यक्रम सामाजिक बिकास कार्यालय जाजरकोटले आज खलंगामा सम्पन्न गरेको छ ।चालू आर्थिक बर्षको कार्यक्रम अन्तर्रगत बर्ष भरी भएका कार्यक्रमहरुको समीक्षा तथा प्रगतिका बिषयमा उपस्थित सरोकारवालाहरुले आ- आफ्नो भनाइहरु ब्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यालयका प्राविधिक सहायक जगदिश न्यौपानेले प्रस्तुत गरेको तथ्यांक अनुशार चालु आथिक बर्षमा चालु तर्फ ८२.८९ प्रतिशत र पुँजीगत तर्फ ९१ं.३८ प्रतिशत बजेट खर्च गरिएको सहभागीहरुलाई प्रष्ट पारिएको थियो । तुलनात्मक रुपमा हेर्दा गत वर्षको भन्दा यो वर्षको खर्च तथा उपलव्धी सामाजिक विकास कार्यालयको कम देखिएको हो ।

फोटो क्याप्सन / कार्यक्रममा सहभागी सरोकारवालाहरु तस्विर : बालकुमार शर्मा

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
सामाजिक विकास कार्यालयका कार्यालय नि कार्यालय प्रमुख दशरथ लामिछानेको अध्यक्षतामा भयको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख काली बहादुर खत्रीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतीनिधिहरु, पत्रकार, गैससका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले कार्यालयले गर्ने गतीबिधिहरु परम्परागत भन्दा समयको माग अनुसार गर्नु पर्नेमा आबस्यकता औल्याउनु भएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेंस जाजरकोटका कार्यबहाक सभापती खडक बि.सी , माओबादी केन्द्रका अमर सिंह राठौर , युबाहरुको तर्फबाट किशोर मल्ल , पत्रकार बालकुमार शर्मा , महिलाको तर्फबाट घरेलु व्यवसायिको तर्फबाट बबिता चनारा , लगायतले कार्यक्रम सुझाब सल्लाह राखेका थिए ।

कार्यक्रममा भेरी नगरपालिकाका उप प्रमुख सिता जैसीले सामाजिक विकास कार्यालयले नगरपालिकाका संग सहकार्य गर्दे आएकोले धन्यवाद समेत व्यक्त गर्नु भएको थियो साथै कार्यक्रममा आगामी आर्थिक वर्षका लागि स्थानीय सरकारले आवश्यक बजेट समेत विनियोजन गरेकोले सामाजिक विकास कार्यालयले सहकार्य गर्ने कुरामा आफु विश्वस्त रहेको सहभागीमा प्रकाश पार्नुभएको थियो ।
यस्तै मन्तव्य राख्ने क्रममा  कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख दल बहादुर सिंहले यो समिक्षा जे भय पनि सकियो अबका दिनमा राम्रो गर्नु आबस्यक रहेको प्रकाश पार्नु भएको थियो ।
त्यस्तै समन्वय प्रमुख काली बहादुर खत्रीले जिल्लामा हुने कार्यक्रमहरुको यसरीनै समिक्षा गर्नुले आगामी दिनमा अगाडि बढ्न राम्रो हुने र काम गर्दा भएका कमि कम्जोरीलाइ सुधारका लागि सवै लाग्नु पर्नेमा वहाले जोड दिनु भएको थियो ।

फोटो क्याप्सन / कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा विशेष अतिथी र अन्य अतिथीहरु तस्विर > बालकुमार शर्मा

कार्यक्रमका प्रमुख अतिथी प्रदेस सभाका सद्स्य तथा पुर्ब आर्थिक मामिला तथा योजना मन्त्री बेद राज सिंहले जाजरकोटमा सामाजिक बिकास कार्यालयले अत्यन्तै राम्रो काम गरेको बताउनु भयो । केहि विषयमा प्रदेश पनि जिम्मेवार भएर लाग्नु पर्ने भएकोले आफुहरुले आवश्यक पहल कदमी गरिरहेको प्रकाश पार्नुभएको थियो ।

गएको वर्ष आएको वजेट अन्र्तगत विद्यालयको संरचाना बनाउ थोरै बजेट आए पनि त्यो तोकिएको समयमा सकार परिर्वतन भए संगै नियमितता नहुदा विचमै रोकिनु पर्ने अवस्था थियो पछिल्लो समय फेरी सवैलाई वुझाएर बजेट आउने गरि काम गरिरहेको वहाले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथीर विशेष अतिथीले के भन्नु भयो त भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।/

https://www.youtube.com/watch?v=7my_e_jSVXw&t=32s

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय