Oda khabar
ट्रेण्डिङ

बालकुमार शर्मा ३० असार जाजरकोट / जाजरकोटमा गैससहरुको समन्वय बैठक आज खलंगामा सम्पन्न भएको छ ।जिल्लामा क्रियाशिल बिकास साझेदार संस्था र सरोकारवालाहरु बिचको जिल्ला स्तरीय समन्वयात्मक बैठक गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जाजरकोटको समन्वय र जिल्ला समन्वय समितीको कार्यालय जाजरकोटको आयोजनामा भएको बैठकमा जिल्लाका ७ ओटै पालिकामा भिभिन्न परियोजना संचालन गर्ने संघ सस्थाहरुको सहभागीता रहेको थियो ।
बर्षायाममा हुन सक्ने बिपद लगायतका कुराहरुलाइ ध्यान दिदै जाजरकोट जिल्लामा कार्यरत गैससहरुको समन्वय बैठक प्रमुख जिल्ला अधिकारी कार्यकक्षमा समपन्न भएको हो ।
आज भएको बैठकमा जिल्ला स्थित गैससहरुले आ आफ्ना कार्यक्रमहरु बैठकमा पेश गरेका थिय ।
बिशेष गरि बैठकमा बिपद सङ्ग सम्बन्धित विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमामा पहाडी क्षेत्र बिकास अभियान , नेपाल रेडक्रस सोसाइटी जाजरकोट, पाँच तारा युवा संरक्षक मञ्च , महिला अधिकार मञ्च , भेरी सामुदायिक बिकास मन्च , पश्चिम जाजरकोट बिकास समाज , NNDSWDO , CMC-Nepal, साहास नेपालको पाइला परियोजना ,सोसेक-नेपाल दैलेख , प्रतिबद्ध परियोजना, लगायका संघ सस्थाहरुले आफुहरुले संचालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।‏
आज भएको कार्यक्रमको निस्कर्ष जिल्ला स्थित गैससहरुले बिपदको बेला चनाखो भयर बिपदका क्षेत्रमा जोड दिने बिपद न्युनीकरणका लागि पुर्ब तयारी जस्ता क्षेत्रमा जोडदिन केन्द्रीत हुने र जिल्ला स्ततरमा ३ ।३ महिनामा गैससहरुको समन्वय बैठक र पालिका स्तरमा रहेको उपमेयरको अध्यक्षतामा हुने समितीलाई सक्रिय बनाउने भन्दै साझा सहमतीमा जोड दिइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले मौसम जन्य बिपदको समयमा भएकोले भारी मौसम हुन सक्ने आकलन भएकोले यश बिचमा बिपद जन्य समस्या आयमा तत्काल परिचालित हुन सक्ने गरि सबै तयारी बस्न अनुरोध गर्नु भयो ।
जिल्लामा बिदेशी नागरिक लाई अतिथि ल्याउदा स्थानीय प्रशासनलाइ जानकारी गराउन पनि वहाले आग्रह गर्नु भयो ।
पुर्बाधारका योजनामा नागरिकलाइ लगाउदा बिमा अनिबार्य गर्न समेत सबै गैससहरुलाइ आग्रह समेत गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख काली बहादुर खत्रीले जाजरकोटमा गैससले खेलेको भुमिका प्रबाबकारी भएको र आगामी दिनमा अझ प्रभाबकारी बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय