Oda khabar
ट्रेण्डिङ

काठमाण्डौ – आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम छ ।

यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुलामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका तथा आसपासका जिल्लाहरु भई बहने नदी तथा खोलामा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् उज्ववल उपाध्यायले रातिदेखि मधेश प्रदेशमा मौसम बदली हुने बताउनु भएको छ । सामाजिक सञ्जालमा उहाँले झापा, मोरङ्, सुनसरी र सप्तरीमा रातिदेखि भोलिसम्म ठूलो पानी पर्ने बताउनु भएको छ ।

यस्तै  सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा भोलि साँझदेखि पर्सि बिहानसम्म मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् उपाध्यायले उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार चुरे पहाडको फेद महेन्द्र राजमार्गको उत्तरी भू–भाग तिर पानी बढी पर्ने छ भने दक्षिणी भू–भाग तिर कम पानी पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय