Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधी २ श्रावण जाजरकोट / नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रिय कार्यालय काठमाडौं र सेभ द चिल्ड्रेनको साझेदारीमा NNDSWO जिल्ला शाखा जाजरकोट द्वारा  संचालन भैरहेको नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत भेरी  नगरपालिका वडा नम्बर ६ मा रहेको भगवती आधारभूत बिध्यालय गङ्गटियामा दलित बालबालिकाहरुको शिक्षामा पहुँच अभिवृद्धिको लागि शैक्षिक सरोकारवाला संग interaction meeting with parents and program school teacher at school   कार्यक्रम बिहीबार आयोजना गरेको हो ।

NNDSWO जिल्ला शाखा जाजरकोटका  सदस्य मनकला विकको   सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका भेरी  नगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष  जया कुमारी कामी प्रमुख अतिथि  हुनुहुन्थ्यो । कार्यक्रममा बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ललित गन्धर्व   , प्रधानाध्यापक भुवन शाही ,  रोल मोडेल ब्यक्ति भिम बहादुर बिश्वकर्मा  लगायत  बिध्यालका शिक्षक , अभिभावक र बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल छात्रवृत्ति कार्यक्रम जाजरकोटमा बिगत १३ वर्ष देखि नलगाड , छेडागाड , भेरी नगरपालिका र कुशे गाउँपालिकामा सञ्चालन गरिरहेको छ ।

जिल्लाभर १२० जना दलित बालबालिकाहरु यस कार्यक्रम बाट प्रत्यक्ष लाभान्वित भैरहेका छन् ।
बिध्यालयका प्रधानाध्यापक भुवन शाहीले गन्धर्व समुदायका बालबालिका भगवती आ. बिध्यालयमा बढी संख्यामा अध्ययन गर्ने भएकोले छात्रवृत्ति कोटा बढाउनु पर्ने माग राख्नु भयो । कार्यक्रममा बिध्यालयका पुर्व बिध्यार्थी हाल शुभ कालिका गाउँपालिका कालिकोटमा कार्यरत भिम बहादुर बिक लाई सम्मानित गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण सस्थाका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले गरेका थिए । विशेष लक्षित बालबालिका  , अति जोखिममा परेका बालबालिका र रोल मोडेल बालबालिका गरि तीन प्रकारको छात्रवृत्ति बैंकिङ प्रणाली बाट प्रदान गरिरहेको अधिकृत तिरुवाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय