Oda khabar
ट्रेण्डिङ
वडाखबर प्रतिनिधि ७ साउन रुकुम पश्चिम  / रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको वडा नंम्वर-१४  घेत्मा स्थित सडकमा रा १ क १५०१ नंम्वरको टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। भेरी करिडोरको डोल्पा सडक खण्ड अन्तर्गत चिसापानीबाट छेपारे तर्फ आँउदै गरेको टिपर दुर्घटनामा परेको जाजरकोट प्रहरी प्रवक्ता सन्तोष चन्दले बताउनुभयो।
दुर्घटनामा टिपर चालक दाङका मनिराम चौधरीका साथै रुकुमका धनबिर बस्याल रहेको प्रहरीले जनाएको छ । अर्का एकजनको भने पहिचान हुन नसकेको प्रहरीले बताएको छ । तीनै जनाको खोजी कार्यमा प्रहरी टोली परिचालन गरिएको प्रवक्ता चन्दले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय