जाजरकोट, १ भाद्र ।
जाजरकोटमा परम्परागत लाखे नाचको समापन आज सम्पन्न भएको छ । नेवार समुदायले विशेषतः गाठेमंगलदेखि सुरु गर्ने यस नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कंस रुपी ‘लाखे’ र भगवान श्रीकृष्णबीचको प्रतीकात्मक युद्धमार्फत समापन गर्ने परम्परा रहँदै आएको छ ।
स्थानीय मान्यताअनुसार, गेरी खालीमा लाखे र श्रीकृष्णबीचको भिडन्त देखाइन्छ र अन्ततः कृष्णले लाखेलाई बध गर्ने प्रचलन रहँदै आएको छ ।
जाजरकोटमा यस नाचको सुरुवात विगत लामो समय अघि स्व. निमबहादुर भडेलले गरेका थिए । उहाँको निधनपछि केही समय स्वतःस्फूर्त रुपमा समुदायले नै निरन्तरता दिएको थियो भने कहिलेकाहीँ बस समितिको पहलमा समेत सञ्चालन गरिएको थियो । पछिल्ला वर्षहरूमा नेवार समुदायको संस्था ‘नेवा दे द वु’ ले औपचारिक रुपमा यो परम्परालाई निरन्तरता दिँदै आएको छ ।
नेवार समुदायको सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले आयोजित यस नाचमा स्थानीयवासीको ठूलो सहभागिता रहने गरेको छ ।
जाजरकोटको कला संस्कृती संग जोडिएको लाखे नाँच तत्कालिन अवस्थामा राजाले शुरुवात गरेकाथिए तेतिखेर देखिनै नेवार समुदायले जाजरुकोटमा नाच शुरु भएको हो । साउन १६ गते देखि यो वर्ष नात शुरु गरिएको हो ।
जाजरकोटका राजा उपेन्द्र विक्रम शाहले तत्कालिन अवस्थामा भक्तपुरबाट मकुन्डो ल्याई यो नाचको प्रारम्भ भएको इतिहास छ ।आजको दिन गैरीखालीमा जिल्लाका विभिन्न स्थानबाट नागरिकहरुको सहभागीता हुने गर्दछ ।
