Oda khabar
ट्रेण्डिङ

विश्व हुलाक दिवस–२०८२ को अवसरमा जिल्ला हुलाक कार्यालय जाजरकोटले जिल्ला अस्पतालमा रहेका विरामीहरूलाई फलफुल वितरण गरी दिवस मनाएको छ।

फोटो क्याप्सन : जिल्ला हुलाक जाजरकोटका कर्मचारीहरु जिल्ला अस्पतालमा विरामीहरुलाई फलफुल वितरण पछि सामुहिक तस्विर खिज्दै । तस्विर : वडाखवर

हुलाक सेवाको पहुँच, नागरिक विश्वासको आधार” भन्ने मूल नारासहित मनाइएको कार्यक्रममा हुलाक सेवाको ऐतिहासिक महत्व, नागरिकसँगको सम्बन्ध र प्रविधिसँगै विकसित हुँदै गएको सेवा प्रणालीबारे समेत चर्चा गरिएको थियो।

कार्यक्रममा कार्यालयका निमित्त प्रमुख देवेन्द्र राज शर्माको अगुवाइमा हुलाक कार्यालयका सबै कर्मचारी, स्थानीय पत्रकारहरू, र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। उनीहरूले अस्पतालमा उपचाररत विरामीहरूलाई फलफुल वितरण गर्दै शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष विनोद घर्ती, पूर्व अध्यक्ष बालकुमार शर्मा, साथै स्थानीय सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

हुलाक सेवा विगतदेखि नै सूचना र सन्देश आदान–प्रदानको विश्वसनीय माध्यम रहँदै आएको भए पनि अहिले आधुनिक प्रविधिसँगै अनलाइन सेवा, इ–हुलाक, र डिजिटल भुक्तानी प्रणालीमार्फत नागरिकलाई अझ नजिक पुर्‍याउने कार्य भइरहेकाले यस दिवसले हुलाक सेवाको महत्त्व पुनः स्मरण गराएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय