कविता निर्वाचनको वेला सात समुन्द्र पारि बाट ।
आए बाल फरर्र फर्फर गरी बालेन मन्त्री हुन
थाले भाषण दम्भ साथ यिनले चस्मा लगाई कन
चस्माका पछि नेत्र चम्चम सधैं चम्काउॅछन् जोशले
नेता चिन्न कठीन भो अब कति झुक्याउॅछन् नोटले॥
ओली झोल लिएर बोत्तल महा झोला भिरी हिड्दछन्
आफ्नै टावर दम्भको शिखर त्यो दुर्बीनले हेर्दछन्
ठट्टामा दुनिॅयॅा फॅसाउन छिटो जादुगरी ओलिका
चुच्चे रेल चल्यो न ग्यास घरमा मात्रै छुचो बोलिका ॥
बोली बुझ्न कठीन ठिङ्ङ उभिनै खुट्टा हुने थर्थरी
पोली नोट अठोट मान पदमा जुका सरी मन्परी
खाए भ्रष्ट बनेर देश दुनियॅा हेर्दै रह्यौं नग्नता
कस्तो रक्त पिपासु झैं धन सदा खान्थे बुढा देउबा॥
नेपाली पनका पवित्र अघिका संस्कार लत्याउदै
भुक्तै घर्घर मान खोज्न नकटो गाना नयॅा गाउदै
पार्टी खोल्न हिंडे पतञ्जली गुठी कुप्लुक्क पारी सब
होली वाइनका मिठो मद पिई लज्जा बिना माधव ॥
हत्यारा अघिका प्रचण्ड पथका कुख्यात खल्नायक
पैसा नाम र मान माद मदले सत्कर्म दुर्भक्षक
जस्को नाम सुनेर रक्त नलि नै रोकिन्छ त्यो धड्कन
त्यस्ता दुर्नियती पसे घरघरै बद्लेर आभूषण ॥
बाख्राको मतियारमा गगनको कालो बन्यो बादल
ढुङ्गा बोत्तलका छिटा शहरमा बेमौशमी मादल
केही आश गरौ अझै अलिकती गर्छन् भने पौरख
ढामेका सब जोगीका बिच यिनी छन् अर्धनग्नाङ्कित॥
झुल्केका रवि अस्तब्यस्त सॅगमा बुझ्नै नसक्ने यिनी
लाग्यो वादल वा डुब्यो ग्रहणले यिन्को झिनो जिन्दगी
बोक्ने पौरख देशको धरहरा खुट्टा भएकी? लुला
तोरी तेल पिसाउने मसिनले पिस्तै छ कि ? बालुवा ॥
छेपारो रंग फेर्छ मौशम सॅगै गर्दै नयॅा भाषण
नौलोवाद नयॅा नयॅा सुपथको पार्टी नयॅा ली कन
हत्यारा मतियार नायक यिनी चिन्छन् भनी डाक्टर
बाबूराम हराम संस्कृति स्वयम् पोलेर हिड्छन् घर ॥
