Oda khabar
ट्रेण्डिङ

जाजरकोट/ सामुदायिक सुरक्षा जालो तथा महिलाबादी आन्दोलनको दोस्रो चरण अन्तरर्गत  सुरक्षा जालोका सदस्यहरुलाई १ दिने ज्ञान निर्माण सम्वन्धि अभिमुखिकरण कार्यक्रम आज जाजरकोटमा सम्पन्न भएको छ । कार्यक्रममा सुरक्षा जालोका ५० भन्दा वढी महिला सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्र महिला अधिकार मञ्च जाजरकोटले संयोजन गरेको थियो । कार्यक्रममा जालोमा आवद्ध भएका विभिन्न वडा र टोलबाट सहभागीता रहेको थियो ।

कार्यक्रममा  सहभागीहरुलाई राजेन्द्र विक्रम शाह , राजु कुमार के.सी. लगाएतले सहजिकरण गर्नु भएको थियो  ।
लैगिंक हिंसा र कानूनी सहायता सम्वन्धि सचेतना नागरिक अगुवा तथा स्रोत व्यक्तिले सहजिकरण गर्नु भएको थियो भने । वित्तिय साक्षरता सम्वन्धि सहजिकरण कस्तुरी सहकारी संस्थाका प्रवन्धक राजुकुमार के.सी.ले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले यस्ता तालिम प्रशिक्षण कार्यक्रमले आफुहरुलाई उर्जा दिएको बताएका थिए ।
कार्यक्रममा सहभागीले यस्ता कार्यक्रमले उर्जा मात्र नभई दैनिक जिवनमा समेत काम लाग्ने भएकोले अभिमुखिकरण कार्यक्रम प्रभावकारी हुने कार्यक्रममा उपस्थित सहभागी कल्पना मल्लले भन्नु भयो । यस्तै तालिम कार्यक्रममा आफु जोडिए देखि वोल्ने भन्ने क्षमता वढ्को अनुभव सहभागी विमला वटालाले बताउनु भयो ।
पछिल्लो समय स्थानिय सरकारका कार्यक्रमले पनि यस्ता कार्यक्रमलाई जोड्न लागि परेको भेरी नगरपालिकाका उपमेयर सिता जैसीले जानकारी दिनु भयो ।
कार्यक्रममा वोल्दै समाज विकृति तिर गएकोले महिला एकिकृत रुपमा लाग्नु पर्ने र महिलालाई नेतृत्वमा लैजान सवैले प्रत्यक टोल टोल गाँउ गाँउमा सशक्त भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
यस्तै कार्यक्रममा सामाजिक उत्तरदायित्वमा महिलालाई जोड्न आफु नगरपालिकामा निमित नियम कानून बनाउने कार्यमा पनि क्रियाशिल भएको वहाले जोडा दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय