लिला पौडेल .६ चैत्र जाजरकोट /
पोषण विषेश कार्यक्रम तथा विधालय स्वास्थ्य पोषण कार्यक्रमको पोषण सम्वन्धि तिन दिने तथ्यांक विश्लेषण तथा अन्तरर्किया कार्यक्रम जाजरकोटमा शुरु भएको छ ।
उक्त कार्यक्रमको औपचारीक उदघाटन कार्यालय प्रमुख डा. सुनिल पुनले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा स्वागत तथा उदेश्य बारे जनस्वास्थ्य अधिकृत रमेश कार्कीले गर्नु भएको थियो । कार्यक्रममा पोषणको नितिगत व्यवस्था तथा परीचय र मुख्य सुचककको अवस्था

फोटो क्याप्सन : कार्यक्रममा सहभागी ७ ओटै पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरु । तस्विर : वडाखवर
को वारेमा जानकारी भएको थियो । साथै उक्त कार्यक्रममा सातवटै स्थानिय तहवाट स्वास्थ्य शाखाका प्रमुखहरु तथ्यांक फोकल पर्सन र पोषण फोकल पर्सन गरी चौध जनाको उपस्थिति रहेको थियो ।कार्यक्रममा विगत तिन वर्षको र यस आर्थिक वर्ष ६ महिनाको प्रगति विवरण को प्रस्तुतिकरण गरीएको थियो ।
कार्यक्रम आज देखि ३ दिन सम्म हुने छ । कार्यक्रमको विश्लेषण समस्या र चुनौती सवल पक्ष आगामी कार्ययोजना छलफल टिपोट र पृष्ठपोषण हुनेछ ।
साथै भिटामीन ए र जुकाको औषधी अभियान वैशाख महिना र पोषण लेखाजोखाको सुक्ष्म योजना निर्माण तथा प्रस्तुतीकरण र जिल्लाको पोषण अवस्थाको सुचकहरु सहित कार्ययोजना निर्माण र छलफल गरी शुरु भएको छ । चैत्र ८ गते कार्यक्रम औपचारीकरुपमा समापन हुनेछ ।
