Oda khabar
ट्रेण्डिङ

कल्पना मल्ल । रोशना सिंह  जाजरकोट, खलंगा:
जाजरकोट जिल्लामा जनस्वास्थ्यका विविध विषयमा पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा पैरवी कार्यक्रम आज सदरमुकाम खलंगामा सम्पन्न भएको छ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा तथा जिल्ला अस्पताल जाजरकोटको समन्वयमा आयोजित उक्त कार्यक्रममा जन स्वास्थ्य तथा परिवार कल्याण शाखाका जनस्वास्थ्य अधिकृत रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 जय कुमारी खडका सिनियर अनमी निरिक्षकले संचालन गर्नु भएको कार्यक्रममा प्रेम प्रसाद न्यौपाने प.नि .निरीक्षक , सुर्य कार्की जनस्वास्थ्य निरीक्षक , टेक बहादुर घर्ती तथ्याक अधिकृत , शान्त बहादुर वुढाथोकी लगाएतका पदाधिकारीहरुले स्वास्थ्य सेवाका बारेमा आ आफ्ना भनाइ र प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रममा गर्भपतन सेवा, पोषण सम्बन्धी जानकारी, खोप सेवा तथा जिल्ला अस्पतालबाट प्रदान गरिने सेवाहरूका बारेमा विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा २७ जना स्थानीय पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

अन्तरक्रियामा बोल्दै जनस्वास्थ्य अधिकृत कार्कीले नेपालको संविधानमा व्यवस्था गरिएको स्वास्थ्यसम्बन्धी अधिकारअनुसार प्रत्येक नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, पब्लिक हेल्थ नर्स मनिला कमालले जाजरकोटको वर्तमान स्वास्थ्य अवस्थाबारे सहभागीलाई जानकारी गराउँदै चुनौती र सम्भावनाका पक्षहरू प्रस्तुत गर्नुभयो।

कार्यक्रमले जिल्लामा पत्रकार र जिल्ला अस्पतालबीच समन्वय, सहकार्य तथा सूचनाको आदान–प्रदानलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रममा जिल्ला अस्पताल र जन स्वास्थ्य तथा परिवार कल्याण शाखाले दिने वस्तु तथा सेवाको वारेमा र जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा पत्रारहरुलाई जानकारीग गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय