Oda khabar
ट्रेण्डिङ

जाजरकोट भेरी नगरपालिकामा वित्तीय सुशासन, पारदर्शिता र कार्यसम्पादनमा भेरी नगरपालिका जिल्लामै प्रथम स्थान हासिल गरेको छ । जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८०। ०८१ का लागि गरेको मूल्याङ्कन अनुसार, जिल्लाका सातवटा स्थानीय तहहरूमध्ये भेरी नगरपालिकाको नतिजा सन्तोषजनक देखिएको हो।

महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक प्रतिवेदनअनुसार, भेरी नगरपालिकाको बेरुजू ०.९८ प्रतिशतमा सीमित रहँदा कर्णाली प्रदेशभरका स्थानीय तहहरूमध्ये सातौँ स्थानमा पर्न सफल भएको छ। उक्त सूचीमा पहिलो स्थानमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका रहेको छ, जसको बेरुजू ०.४४ प्रतिशत छ।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले पारदर्शी वित्तीय व्यवस्थापन, सही प्रक्रिया र समयमै प्रतिवेदन प्रस्तुत गर्ने अभ्यासले यो उपलब्धि सम्भव भएको बताए। “हाम्रो ध्यान सही प्रक्रिया, समयमै खर्च र पारदर्शितामाथि केन्द्रित छ,” उनले भने।

त्यस्तै, कार्यसम्पादन मूल्याङ्कनमा पनि भेरी नगरपालिका जिल्लामै उत्कृष्ट देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा भेरी नगरपालिका जाजरकोटका सात स्थानीय तहहरूमध्ये पहिलो स्थानमा रहेको हो।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले विधिसम्मत कार्यशैली, कानुनी पालना र सार्वजनिक उत्तरदायित्वप्रति प्रतिबद्धताले नै भेरीलाई उत्कृष्ट बनाएको बताए। “हामी कुनै पनि काम कानुनबाहिर जाँदैनौं। पारदर्शिता हाम्रो प्राथमिकता हो, त्यसैले परिणाममा सुधार आएको हो,” उनले स्पष्ट पारे।

भेरी नगरपालिकाको यो उपलब्धि स्थानीय प्रशासनिक दक्षता, वित्तीय अनुशासन र उत्तरदायित्वमूलक नेतृत्वको सफल उदाहरणका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय