Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधी , छेडागाड / जाजरकोटको छेडागाड नगरपालिका–१ खारा र वडा नं. ४ जेवातरा आसपासमा शनिबार बिहान अघिल्लो रातको अविरल वर्षासँगै आएको पहिरोले सव डिभिजन बन कार्यालय र स्थानीयको संरचरनामा क्षतितपुगेको छ रातको करिव २ बजेतिर आएको पहिरोमा परी ४ वटा घर, ५ वटा अस्थायी आवास र २ वटा मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै अझै १४ वटा घर र १ अस्थायी आवास पहिरोको उच्च जोखिममा रहेको नगरपालिकाको विपद व्यवस्थापन समितिले जनाएको छ ।

फोटो क्यापस्न सव डिभिजन कार्यालय छेडागाडाको गत बर्ष सम्पन्न भवन र पहिरो तस्विर : वडाखवर प्रतिनिधि छेडागाड

छेडागाड नगरपालिका–१ ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारस्थित सव–डिभिजन वन कार्यालयको भवन पनि पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा ‘अपिल’ ले घटनाबारे जानकारी दिँदै जनताको सुरक्षा र उद्धारमा तत्काल ध्यान दिन जरुरी भएकोले सम्वन्धित निकायमा समन्वय तथा आफ्नो सरकारले गर्ने सवै काममा आफु लागिरहेको बताउनु भयो ।
पहिरोले करे बस्नेतको पक्की घर, जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका कर्ण बहादुर बादी र दीपा बादीका घर, साथै राम बहादुर, दिपक, भरत बस्नेतको अस्थायी आवास पूर्णरूपमा भत्किएका छन्। जेवातरा क्षेत्रमा रहेका बीर बहादुर बुढा र अमर बहादुर बुढाका अस्थायी आवास पनि पहिरोले क्षति पुर्याएको छ ।

सडक स्तरोन्नति कार्यमा खटिएका आशिष निर्माण सेवाका कर्मचारीहरूले प्रयोग गर्दै आएका २ वटा मोटरसाइकल पहिरोमा पुरिएको उप–प्रमुख थापाले जानकारी दिनु भयो त्यसैगरी, सोस्तिक रोजिन एण्ड टर्पेन्टाइन प्रा.लि.को खारा स्थित भान्साघर र गोदाम पनि पहिरोले असर पारेको छ ।

गत वर्षको भूकम्पपछि चिरा परेको मोतिलाल, नविन, दिपक, धनबहादुर, चन्द्र, ऐवान, लोकबहादुर, टेकबहादुर, मेघराज बस्नेतसहित बाली कामी, पृथ्वी बहादुर बस्नेत, मान बहादुर बस्नेत, नर बहादुर थापा र जयवान बस्नेतको घर तथा गोदामहरू समेत अहिलेको पहिरोको उच्च जोखिममा परेका छन्।

यस वर्षको मनसुन आउनु अघिनै आएको पहिरो र भौतिक क्षतिले गम्भीर चिन्ता उत्पन्न गराएको उप–प्रमुख थापाले बताउनु भयो । वहाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, जिल्ला प्रशासन र सरोकारवाला निकायहरूलाई तत्काल पूर्वतयारी र दीर्घकालीन समाधानका लागि पहल गर्न पनि आग्रह गर्नु भएको छ । जाजरकोटमा यस वर्ष पहिरो लगाएतका विभिन्न प्रकोपको जोखिम मानिएको विभिन्न अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय