जेठ १३ गतेको सम्वोधन सम्म राजिनामा नदिने मुड बनाएका गृहमन्त्रीको विषयमा आएका समाचार टिप्पनी हेर्दा धेरैले विभिन्न अटकल वाजिहर गरिरहेक छन् ।तर मन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नो बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताए उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभइ आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभइ राजनीतिबाटै राजीनामा दिने बताए ।
आफूबिरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिध सभामा आफूले समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने बताए । गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरुले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पारे ।
गृहमन्त्री लेखकले भने, ‘मेरा बिरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन । मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित ग¥यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।ु
गृहमन्त्री लेखकले आफ्ना बिरुद्धमा राजनीतिक, नियोजित, षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताए ।
