जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो २ः२४ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार रामीडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको छ । भूकम्पबाट नलगाड नगरपालिकाका केही घरमा क्षति पुर्याएको स्थानीयले बताएका छ्न ।
गत २०८० कात्तिक १७ गते रामिडाडामै भूकम्प गएको थियो । भने ठुलो मात्रामा भौतिक क्षति समेत भएको थियो ।
