Oda khabar
ट्रेण्डिङ

१८ औ गणतन्त्र दिवसको उपलक्ष्यमा आज विहान जाजरकोटमा अभिभाबक गुमाएका बालबालिकाहरुलाई कापि कलम वितरण गरिएको छ । भेरी नगरपालिकाको आर्थिक सहययोग तथा जिल्ला समन्व्य समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्थित कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु , नागरिक समाज , पत्रकार , राजनैतिक दल जन प्रतिनिधिहरुको सहभागीता रहेको थियो । भेरी ३ स्थित बालबालिका उद्धार केन्द्रको भवनमा आयोजित कार्यक्रममा
त्यही वसिरहेका १० बालबालिकाको पठन पाठनमा सहयोग पुर्याउन एक दर्जन कापि र कलम प्रति विद्यार्थी सहयोग गरिएको हो ।

यस्तै केन्द्रलाई २ पाकेट कलम र एउटा पिउने पानी शुद्ध खानका लागि फिल्टर समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा वोल्दै भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले बालबालिकाको क्षेत्रमा भेरी नगरपालिका आफै पनि प्रतिबद्ध भएर लागिरहेको छ उनीहरुको बालअधिकारलाई सुन्श्चित गर्न पालिकाले विभिन्न निति तथा कानूनबनाई सहयोग गरिरहेकोले सवै लागेर अबका दिनमा थप सहयोग गर्ने बातावरण बनाउन लागि पर्ने र मासिक रुपमा उद्धार केन्द्रमा आफु पुग्ने गरी बातावरण मिलाउने समेत वहाले बताउनु भयो ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्रीले आफुले पनि जिल्ला सभा मार्फत आवश्यक कानूनी प्रक्रियामा सहजिकरण गरि जिल्लाका सवै पालिकाबाट बालबालिका उद्धार कोष प्रभावकारी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा भेरी नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत दल बहादुर घर्ती , नेपाली काग्रेंसका कार्यबहाक सभापती खडक .वि.सी , जिल्ला प्रशासन कार्यालयकका प्रशासकीय अधिकृत समिर गौतम , एम्नेष्टि इन्टरनेशनलका खम्ब जंग शाह लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय