Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधी  /जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटले आज देखि हरेक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ । संघको १८औं वार्षिक साधारण सभाको निर्णयअनुसार आज देखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार सदरमुकाम खलङ्गा बजार बन्द गरिने भएको हो । सोहि अनुशार आज खलंगा बजार सुन सान रहेको छ । अध्यक्ष रमेश केसीका अनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका बजारका पसलहरू बन्दगरिएको हो विस्तारै वाणिज्य संघको क्षेत्रभित्रका सवै बजार आवश्यकताको आधारमा वन्द गर्ने र बजार वन्द भएको दिन बजारको सरसफाई मा जुट्ने के.सी.को भनाइ छ । बन्दको निर्णय आजदेखि लागु गरिएको छ भने बजार सरसफाइ अर्को शनिवार देखि शुरु गरिने छ ।

अध्यक्ष के .सी. ले व्यवसायीहरूकै मागअनुसार यस्तो निर्णय गरेको बताए । ‘हामीले भन्दा पनि व्यवसायीहरुले हामीलाई दुईदिन फुर्सद चाहियो बजार बन्द गर्ने निर्णय गरिदिनु प¥यो भनेर माग आएकोले उहाँहरुकै माग बमोजिम पसलमा गएर २ सय ६ व्यवसायीको हस्ताक्षर गरेर बजार बन्द गर्ने निर्णय गरेका हौ,’बन्दको समयमा होटल र मेडिकल भने सञ्चालन गर्न पाइनेछ भने तरकारी पसलहरू बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरिएको अध्यक्ष केसीले बताउनु भयो ।

तोकिएका पसल बाहेक नियम विपरीत अन्य पसल खोलेमा पहिलो पटक ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ सय रुपैयाँ जरिवाना गरिने अध्यक्ष के.सीले जानकारी दिनु भयो । साथै वाहिरबाट सामान ल्याएर विक्रि वितरण गर्ने साना व्यापारीहरुलाई सोहि अनुशार आफु्हरुले व्यवस्थापन गर्न पनि जानकारी दिनु भयो । उक्त दिन सामान ल्याउदा विक्रि वितरण गर्न समस्या हुन सक्ने भएकोले दुःख मात्रै हुने वहाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय