वडाखर प्रतिनिधि /जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान जाजरकोटले आज एक समारोहका वीच जाजरकोट घर भई हाल अमेरीकामा वस्दै आउनु भएका सुरेश जंग शाहलाई मानार्थ सदस्यको ओहोदा हस्तान्तरण गरेको छ । संस्था स्थापना संग संगै पहिलो मानार्थ सदस्य बन्नु भएका शाहलाई आज प्रतिष्ठानको कार्यालय खलंगामा ओहोदा हस्तान्तरण गरेको हो । कार्यक्रममा
अध्यक्ष जनक के.सी. उपाध्यक्ष खम्ब जंग शाह , सहदेव जंग शाह , कालि बहादुर नेपाली , टविन कार्की ,दल बहादुर सिंह लगाएतका कार्यसमिति पदाधिकारीहरुको उपस्थिती रहेको थियो । यस्तै जिल्ला स्थित पत्रकारहरु , कानून व्यवशायी समेतको सहभागीतामा भएको कार्यक्रममा सुरेश जंग शाहले आफु अमेरीकामा रहदा पनि जाजरकोटको झल्को आइरहने र विशेष गरि युवाहरुमा राष्ट्र निर्माणमा भुमिका जागरुप गराउन , असल नागरिक वन्न प्रेरित गर्न आफुले सके सम्म सहयोग गर्न भित्रै देखि लाग्ने र आउदा दिनमा पनि सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
आफुले भुकम्प देखि विभिन्न समयमा एन आर एन समेतको सहयोगमा विभिन्न सहयोग गर्दे आएको र भोलिका दिनमा पनि सक्दो लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष के .सीले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान इतिहार ,कला प्रकृति संस्कृति र भाष साहित्य संग सम्वन्धित सम्पदाहरुको क्षेत्रमा निकै वैभबशाली जाजरकोट जिल्लाका महत्वपूर्ण सम्पदाहरुको संरक्षणमा संस्थागत पहल र वहस पैरवी गर्दै सार्थक अभियान संचालन गर्ने उद्येश्यले स्थापना भएको संस्था भएकोेले जिल्लामा भोलिका दिनमा अझ महत्वपूर्ण भुमिकामा देखिने गरि अगाडी वढीरहेको भन्दै प्रतिष्ठानका विभिन्न प्रकाशनहरु ,क्यालेण्डरहरु समेत हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमको पुरा भिडियो हेर्न यहाँ किल्लीक गर्नुहोस्
