भेरी नगरपालिकाले वार्षिक योजना प्रक्रियामा बालबालिकाको आवाज तथा सरोकार सुनिश्चित गर्ने उद्देश्यले एक दिने अभिमुखिकरण भेरी नगरपालिकाको हेड क्वाटर खलंगामा सम्पन्न गरेको हो । कार्यक्रममा भेरीका विभिन्न वडाका बालबालिकाहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बालबालिकाहरुलाई उपस्थित गराई अभिमुखिकरण गरिएको र बजेट निर्माण योजना छनोट र कार्यान्वयन प्रक्रियामा कसरी समावेस हुन्छ भन्ने विषयमा बालबालिकालाई जानकारी गराइएको थियो ।
कार्यक्रममा बालबालिकालाई उनीहरूको अधिकार उत्तरदायित्व तथा समस्यामा कसरी स्थानीय सरकार समक्ष सहयोग माग्न सकिन्छ बाल अधिकार सुनिश्चित गर्न बालक्लवले खेल्नुपर्ने भुमिका र बालमैत्री वडामा क्लबले खेल्न आवश्यक भुमिकाका बारेमा भेरी नगरपालिकाका बालकल्याण अधिकारी सन्तोष पुन मगरले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमले खेल्ने सकारत्मक भाइबलाई हेर्न भने बाँकीरहेको बालबालिकाको अर्थपुर्ण सहभागीताका अभियन्ता राजेन्द्र विक्रम शाहले प्रतिक्रिया दिनु भयो ।
