वडाखवर प्रतिनिधी जाजरकोटका ३ जना शिक्षक सम्मानित भएका छन् । चालु आर्थिक वर्षभरीमा आफ्नो विद्यालयमा प्रभावकारी शिक्षण सिकाई देखि पाठ योजना , विद्यार्थीको मनोविज्ञान सवै वुझेर कामगरेको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटले २ जना शिक्षक र १ शिक्षिकालाई एक कार्यक्रमका विच सम्मान गरेको छ ।
उत्कृष्ट शिक्षक प्रोत्साहन पुरस्कार जाजरकोट जिल्लाबाट प्राप्त गर्ने शिक्षक लक्ष्मी खत्री (मावि तह तृतीय ), जय बहादुर थापा ( निमावि तह द्धितिय ) र अच्युत प्रसाद शर्मा (प्राथमिक तह प्रथम) सम्मानीत हुनु भएको हो । यसरी शिक्षकहरुको सम्मान गर्ने प्रचलनले बाकी शिक्षकहरुलाई आगामी दिनमा थप हौसला प्रेरणा हुने भएकोले प्रभाबकारी रहेको प्रतिक्रिया दिएका छन् ।
