सुर्खेत , /कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाहज्यूद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज सम्मानित प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको हो।
बजेटमाथिको छलफलपछि प्रदेश सभा सदस्यहरूबाट सर्वसम्मत समर्थन पाएसँगै उक्त बजेट विधेयक पारित भएको हो। मन्त्री शाहले प्रस्तुत गर्नुभएको
बजेटले प्रदेशको समावेशी विकास पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन ।
बजेट पारित भएपछि मन्त्री शाहले सम्पूर्ण कर्णाली बासिन्दा प्रति आभार प्रकट गर्दै भने यो बजेट कर्णालीको समृद्ध भविष्यको आधार हुनेछ। सर्वसहमति प्राप्त हुनु कर्णालीका जनताप्रति प्रदेश सरकारको प्रतिबद्धताको प्रमाण हो।
यस ऐतिहासिक निर्णयप्रति प्रदेशका जनताहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्। विकासप्रति आशावादी बनेका कर्णालीका बासिन्दाले अब भनेका छन् बजेट मात्र होइन कार्यान्वयनमा पनि सरकारले गम्भीरता ध्यान दिने छन ।
