वडा खवर प्रतिनिधि २३ असार जारकोट । जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमर प्रसाद साह माथि कार्यकक्षमै कुटपिट गरिएको छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अपरिचित समूहले साहलाई कुटपिट गरेको हो। कार्यकक्ष भित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर भ्रष्टाचारी भन्दै दुर्व्यवहार गर्दै हातपात गरेको साहले बताए।
‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख साहले भने।
घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख साह माथि आज कार्यकक्षमै कुटपिट भएको हो।
उनले वचाव गर्दे कार्यक्रम गर्ने हललाई क्वाटर भनेर आफ्नो वचाओ गर्दे आएका छन् ।
‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, तर त्यसलाई लिएर धेरैले दुष्प्रचार गरे,’ शाहले भने, ‘तर यस्तो कुटपिट गर्ने अधिकार कसैलाई छैन, यो नियोजित देखिन्छ।’
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आक्रमणकारीको पहिचान भइसकेको छैन। सीसीटीभी फुटेजको सहायताले छानबिन अघि बढाइएको छ। ‘हामीले कार्यालय परिसरका सीसीटीभी फुटेज संकलन गरेका छौं, त्यसको आधारमा दोषी पहिचान गरी कारबाही अघि बढाइन्छ’, जिल्ला प्रहरी प्रमुख वसन्त कुमार शर्माले भने।
