Oda khabar
ट्रेण्डिङ

वडा प्रतिनिधि /डोल्पा, असार २२ गते। नेपाली कांग्रेस कर्णाली प्रदेशको समन्वयमा नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा डोल्पाद्वारा आयोजित एक दिवसीय प्रशिक्षण कार्यक्रम डोल्पा जिल्लाको दुनैस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्य कर्णाली प्रदेश नेपाली कांग्रेसका सह–महामन्त्री राम छायाँ शाहीले गर्नुभएको थियो। कार्यक्रम नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा डोल्पाको आयोजनामा, नेपाली कांग्रेस कर्णाली प्रदेशको समन्वयमा, तथा नेपाली कांग्रेस डोल्पाको व्यवस्थापनमा सम्पन्न भएको हो।

फोटो क्याप्सन : कर्णाली प्रदेश समितिका सह महामन्त्री रामछायाँ शाही र डोल्पाका काग्रेंस पार्टी नेता तथा कार्यक्रताहरु । तस्विर : वडाखवर

उक्त कार्यक्रममा नेपाली कांग्रेस डोल्पा जिल्लाको जिल्ला कार्य समिति, विभिन्न पालिका तहका नेताहरू, प्रदेश प्रतिनिधि, र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रशिक्षण कार्यक्रमको उद्देश्य पार्टी संगठनलाई अझै मजबुत बनाउने, स्थानीय स्तरमा नेतृत्वको क्षमता अभिवृद्धि गर्ने र कांग्रेसको सिद्धान्त तथा नीतिलाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउने रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेश समितिका सह महामन्त्री रामछायाँ शाही ले संघीय लोकतान्त्रिक प्रणालीमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउँदै कर्णाली प्रदेशजस्तो भौगोलिक दृष्टिले चुनौतीपूर्ण क्षेत्रमा कांग्रेसले गरेका विकास प्रयासहरू जनतासमक्ष पुर्‍याउन प्रशिक्षित र जागरूक कार्यकर्ताको आवश्यकता रहेकोमा जोड दिनुभयो।

त्यस्तै अन्य वक्ताहरूले संगठनको एकता, प्रशिक्षणमार्फत वैचारिक स्पष्टता, र आगामी निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रमले सहभागीहरूबीच अनुभव साटासाट, नीति–कार्यनीतिमा छलफल, तथा संगठन सञ्चालनका व्यावहारिक पक्षहरूबारे स्पष्टता दिलाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको अन्त्यमा सामुहिक फोटो शेसन समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय