Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधि २३ असार , जाजरकोट । डिभिजन बन कार्यालय जाजरकोटका डिभिजनल बन अधिकृत माथि हिजो भएको हातपातका सम्वन्धमा जाजरकोट जिल्लामा कृयाशिल ट्रेडयुनियन कर्मीहरुले संयुक्त रुपमा ज्ञापन पत्र वुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा वुझाएको उक्त ज्ञापन पत्रमा देश तिन तहमा सकार चलिरहेको अवस्थामा नागरिकलाई सेवा दिन सरकारको पुलको रुपमा रहेका राष्ट सेवकलाई कार्यकक्षमानै गएर व्यक्तिगत रुप्मा आर्कक्रमण गर्दा आफुहरु संस्थागत र व्यक्तिगत रुपमा मुक दर्शक भएर वस्न नसक्ने भनिएको छ ।
सेवा प्रवाहमा कठिनाई भए गुणासो गर्ने निकायहरु हुदा हुदै विना कारण अधिकृत अमर प्रसाद साहलाई कार्यालय समयमानै कार्यकक्षमा आक्रमण गरेको घटना प्रति जिल्ला स्थित सवै ट्रेड युनियन कर्मीको ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ ।
यस्तै आगामी दिनमा यस्ता प्रवृत्ति नदोहोर्याउन र सरोकारवाला निकायलाई हार्दिक अनुरोध समेत गरेको छ ।
विज्ञप्तीमा हस्ताक्षर गर्नेहरुमा वीर बहादुर चन्द अध्यक्ष निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति जाजरकोट । निराजन वि.सी. अध्यक्ष नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती जारकोट ,भोला खत्री अध्यक्ष नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति जाजरकोट , दलविर पुन केन्द्र्रीय कार्यसमिति , तिलक बहादुर राना अध्यक्ष एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति, जाजरकोट रहेका छन् ।

किन यस्तो भयो होला ?
डिभिजन बन कार्यालयमा कार्यलय प्रमुख अमर प्रसाद साह जाजरकोट कार्यलयमा आए यता शिवालय गाँउपालिकाको चोत्रोको वुटा जरैबाट विक्रिवितरण देखि गाँउ पालिकामा रहेका सल्लोका वुटा बाट निकाल्ने खोटो पैठारी /टर्वेनटाइन संग सम्बद्ध कम्पनीहरु संगको राजश्व संकलन आदिमा ठुलो चलखेल भएको भन्दै कर्मचारी समेत आफ्नो सेटिगंमा हेरफेर गर्ने , डिभिजन बनको सभाहलमा जिल्लाका प्रमुख निश्चित मान्छे बोलाउने खसी काट्ने ,करारका महिला कर्मचारीलाई अवेर सम्म काममा लगाउने , गाडी चालकलाई टर्चर दिने , सर्वसाधारणलाई बन कानूनको दायरामा लिई दुःख दिने लगाउने , गाँउपालिका अध्यक्ष लगाएतका जनप्रतिनिधीहरु संग  झगडा गर्ने बन कानूनको दम्ब देखाउने जस्ता कार्य भई रहेको भन्दै नागरिक तहमा गुणसो वढ्दै गएको थियो ।

कार्यालय , नागरिक शरोकार वाला वीच सहकार्यनै हुन पाएन ।

कार्यालयले गरेका गतिविधीहरुको नियमित सार्वजनकि सुनुवाई जस्ता अभ्यासहरु नगर्ने ,जाजरकोटका पत्रकार र मिडियालाई हेपाहा वोली गर्ने । राजि विक्रम शाह र जिवन बहादुर शाहीको नाम वेच्दै मेरा दाइहरु भन्दै तल्लो स्तरका नेताहरु अरु पार्टीका नेताहरुलाई गफ दिने जस्ता कुराहरुबाट चिडिएका धेरै बने पछि उनी सवै पक्षबाट तारो वन्दै गएका थिए ।
वृहद जलाधार कार्यालयले गरेको फरक कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयको हलमा समेत वोल्न भन्न सवै भ्याउने प्रयास गरेका थिए कार्यक्रम एकातिर प्रशंग अर्को निकाले पछि कार्यक्रम समेत खल्लो सहभागीले अनुभूती गरेका थिए ।

कार्यक्रम आयोजना गरेको कार्यालयका प्रमुखले हात जोडेर प्रशंग भन्दा वाहिर नजान अनुरोध गर्दा पनि उनले टेरेका थिएनन् आफ्नै कुरामात्र गरिरहेका थिए ।

जिल्लाका पत्रकारहरुलाई समन्वय गरेर छलफल गर्न सक्थे , रिपोर्टिगमा गएका पत्रकार संग यस्तो हो भनेर स्पष्ट बनाउन सक्थे त्यो पनि गरेरनन् बरु एक दुर्इृ जना पत्रकार हातमा लिएको जस्तो गरी गफ चुटि रहे विज्ञप्ती समेत निकाल्न भ्याए । काम गर्दा गल्ति हुन सकछ भन्ने महशुष समेत गर्न नजानेका उनी आफ्नै दम्बले सवैको तारो बन्दै गएको उनकै कार्यालयका कर्मचारीले नाम नबताउने सर्तमा बताएका छन् ।
यी यस्तै प्रशंगहरुबाट उनी माथी प्रहार भएको हुन सक्ने सर्व साधारण देखि विभिन्न निकायले प्रतिक्रिया दिई रहेका छन् ।
सवै बानि वुझेका जिल्लाका विशेष मान्छेहरु पनि फिरि सेवामा खानपिन  , उस्तै परे सिन पने हुने अवस्था देखे पछि उनीले वोलाए पछि जतिखेर पनि पूग्ने अवस्था बन्दै गएको थियो ।

एउटा सचेतताको लागि राज्यको चौथो अंगले सचेतताको बाटो देखाउदा समेत आफुलाई दुधले नुहाएको जस्तो सेतो देखाउन उनी लागि परे,
ति भित्रका थुप्रै तथ्यहरुको प्रमाण संकलन गरिरहेका पत्रकार अनि आफ्नै कार्यलय भित्रको गोपनियतामा कसि लाउन नसक्ने प्रमुख भए पछि केहि (कोर पर्सन)बाट सवैकुरा असंंम्भब देखिन्थ्यो त्यसैले पनि यस्तो भएको अनुुमान गरिएको छ ।

अब कसरी जान सकीन्छ ?

उनीको सरुवा र नयाँ आउनेलाई सबै  कुराको बर्णण र नागरिक संगै सरोकारवालाहरु संग सहकार्य लाई वढाउदै सेवा प्रवाह गर्न जरुरी छ ।
कर्मचारी भित्र बन कार्ययोजना बनाउने पैसा लिन समेत झगडा हुने गरेको छ । कतिपय कर्मचारी त प्रदेशबाट आउने योजनाको कमिसन निकाल्न आफै विल बनाउने आफै विरुवा वेच्ने संग सेटिगंमा दर रेट हाल्ने देखि पैसा असुल्ने समेत कार्यमा लागि रहेका छनु तिनिहरुलाई राखेर फेरी नयाँ आउनेलाई समेत काम गर्न कठिनाइ हुने चुर्नौति पनि  देखिएको बन कर्मचारी श्रोतको दावि छ ।

जे भए पनि टिम मिलाउन निकै सकस हुने देखिन्छ । राम्रो नेतृत्व र राम्रो समन्वय गर्ने प्रमुखको खाचो नागरिकले गरि सकेको स्पष्ट झल्किन्छ यी कृयाकलापबाट नागरिक समाज जाजरकोटले प्रतिक्रिया दिएको छ ।

अबका दिनमा सवै पक्षले आपसी दायित्व ,सहकार्य समन्वय र जनता प्रति उत्तरदायित्व वोध हुने कार्यक्रमहरु , सेवाको गुणस्तर वढाउन नागरिक संग सहकार्य छलफल वढाउन जरुरी छ ।
स्थानीय प्रशासनले पनि कुनै पनि कार्यलय प्रमुखको आनिबानी अनुशार आवश्यक निर्देशन पटक पटक दिने राष्टिय अनुसन्धानले निगरानी गर्ने र रिपोर्टीग गर्ने गरेमा थप सहकार्य सह अस्तीत्वका साथ काम भयो भने पक्कै पनि जाजरकोटमा सहज र सरल अवस्था सिर्जना हुदै नागरिक प्रति सरकार र सरकार प्रति नागरिक उत्तरदायित्व हुदै सहजक बातावरण वन्ने एउटा शिक्षा दिएको छ ।

अब के गर्ने ? सहकार्य, समन्वय र पारदर्शिता आवश्यक :

सरोकारवालाहरूका अनुसार अबका दिनमा यस्ता घटना रोक्न तीन तहमा सुधार आवश्यक देखिन्छ:

  1. कार्यालय प्रमुखहरूमा नैतिक आचरण र पारदर्शिता अभिवृद्धि।

  2. स्थानीय प्रशासन र अनुगमन निकायको नियमित निगरानी।

  3. नागरिकसँगको सहकार्य र संवादमूलक कार्यक्रमको नियमितता।

यस घटनाले कार्यालय, कर्मचारी, नागरिक र सरकारबीचको सम्बन्ध पुनः परिभाषित गर्न आवश्यक रहेको देखिएको छ। सहकार्य र उत्तरदायित्वको अभ्यासले मात्र यस्ता तनाव समाधान हुनसक्ने आवाज चुलिँदै गएको छ।

पत्रकारहरुलाई धम्की डर र भएमा समाचार लेख्ने अवस्था

थुप्रै कानूनी उपचारहरु हुदा हुदै सत्ता र शक्तिको दुरुपयोग गर्न खप्पिसहरुले  जिल्लाका पत्रकारहरुलाई धम्की पुर्न भाषाहरु सार्वजनिक स्थलमा ठिक गर्ने जस्ता शव्दहरु सुनिरहेकोले जाजरकोटको पत्रकार जगत डर र भएको अवस्थामा छ ।
पत्रकार कालि बहादुर नेपाली लाई हिजो राति डेरा अगाडी धम्की पुर्ण भाषाहरु सुनाएको उनले सुनाए यो अवस्थामा कहि कतैबाट पत्रकार आक्रमण भए जिल्लाको पत्रकार एक ढिक्का भएर प्रतिकार गर्ने महासंघले निर्णय समेत गरिसकेको छ ।
भिडियो काण्ड पछी पर्ख र हेर जस्तै मा पत्रकार जगत रहेकोले धम्किी पुर्ण भाषा न दिन र न जिस्क्याउन सवैलाई अपिल गरिसकेकोले आफ्नो आफ्नो काम गर्न र भएको गल्तिलाई स्वाकार्न र अबका दिनमा गल्ति नगर्न सवैमा पत्रकार जगतले अनुरोध समेत गरिसकेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय