Oda khabar
ट्रेण्डिङ

बालकुमार शर्मा २५ असार , जाजरकोट / जाजरकोटमा गणना तथा सर्बेक्षणहरु सङ्ग सम्बन्धित सरोकारवालाहरु सङ्ग अन्तरकृया तथा छलफल कार्यक्रम जाजरकोट सदरमुकाम खलंगा मा सम्पन्न भएको छ ।
रास्ट्रिय तथ्यांक कार्यालय , तथ्यांक समन्वय कार्यालय सुर्खेतको आयोजनामा भएको कार्यक्रममा करिब ४० जना जाजरकोटका बिभिन्न निकायबाट प्रतिनिधित्व भयको थियो ।
आज बिहान भएको छलफल कार्यक्रममा समन्वय कार्यालय सुर्खेतका
तथ्यांक समन्वय अधिकारी बिनोद आचार्यको अध्यक्षतामा संचालन भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख कालिबहादुर खत्रीको प्रमुख आतिथ्यता  तथा जिल्ला समन्वय समितीका सदस्य   चित्र प्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो ।
आज बिहान जाजरकोट सदरमुकाम खलङ्गामा भएको कार्यक्रममा तथ्यांक कार्यालयका तथ्यांक अधिकृत केशर बहादुर ओलीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
यस्तै सुपरिबेक्षक जनक बहादुर बोहराले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा कार्यक्रम सयोजक उमेश कुमार कार्कीले जिल्ला स्तरमा भएको कार्यक्रमको सरोकारवाला हरुलाई समन्वय गर्नु भएको थियो ।
होटल आर आरको हलमा भएको कार्यक्रममा तथ्यांकको बारेमा हालको अबस्था र आबस्यकताको बिषयमा तथ्यांक समन्वय अधिकारी आचार्यले सहभागीमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका सहभागीहरुले तथ्यांक हरेक चरणमा आबश्यक हुने भयकोले जिल्लामा तथ्यांकको लागि सेवा पाउन कार्यालय रुकुममा भएकोले जाजरकोट बासीलाइ अफ्ट्यारो भैरहेकोले सम्पर्क कार्यालय जाजरकोटमा पनि खोल्न आग्रह गरेका थिय ।
तथ्यांकको सूचना चक्रले बिश्लेशन गर्न सहज बनाउने र थप प्रस्तुती करण गरेर बिबेचना पनि हुने र मार्गदर्शन दिने भएकोले सूचनाले अन्तिम रुप पाउने हुनाले सूचनालाई बास्तबिकतामा प्रकाशन गर्ने गरिन्छ ।
संकलन सम्म जादा यो प्रकृया अबलम्बन गरिने तथ्यांक समन्वय अधिकारी बिनोद आचार्यले सहभागिमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा तथ्यांकले निकै ठूलो भूमिका दिने भएकोले जिल्लाका सरकारी कार्यालयहरुको तथ्यांक महत्त्वपुर्ण हुन्छ तर जिल्लामा तथ्यांक प्रभाबकारी संकलन हुन नसकेकोले अन्तिममा तेसको प्रभाबकारीतामा पनि भुमिका हुने भएकोले सबैले इमान्दारीताका साथ सूचना संकलन हुनु पर्नेमा जोड दिइएको थियो ।
यस्तै नेपालमा हुने प्रमुख गणनाहरुका बारेमा समेत प्रस्तुती गरिएको थियो ।

फोटो क्यापसन : कार्यक्रममा सहभागीहरु | फोटो : बालकुमार

 

कार्यक्रममा तथ्यांक संकलनका बिधिहरु गणक विधि र नमूना छनौट बिधिकाबारेमा सहभागीहरुलाइ स्पष्ट पारीएको थियो ।
कार्यक्रममा जिल्लाका सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु , जाजरकोट उधोग बाणिज्य संघ , गैसस, पत्रकारहरु , भेरी ज्ञानोदय क्याम्पसका‍ प्राध्यापकहरु !नागरिक समाजका संघ संस्थाहरुका प्रतिनिधिहरु , व्यापारी , बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय