Oda khabar
ट्रेण्डिङ

काठमाण्डाै – हिजो खासै घटबढ नभएको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ०४ अङ्कले बढेर २ हजार ७ सय ५ दशमलव ९० विन्दुमा पुगेको छ ।

आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैकिङ समूहको शेयर १ दशमलव ६८ प्रतिशतले उकालो लागेको छ ।

आज वरुण हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव २१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंकको शेयर भने ४ दशमलव ४१ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ४५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय