-लिला पौडेल २६ असार जाजरकोट ।
नेपाली कांग्रेस जाजरकोटले आज जिल्लाका सबै तहका पार्टी कार्यकर्ता तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेटेर एकदिने पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ, कार्यक्रम जाजरकोटको सदरमुकाम खलंगामा संचालन हुने छ । यस सम्बन्धि सम्पूर्ण तयारी पुरा भएको पार्टी प्रवक्ता छवि पन्तले जानकारी दिनु भयो ।
जिल्लाभर रहेका पार्टी सदस्य, स्थानीय तहका जनप्रतिनिधि, नेता, तथा अग्रज कार्यकर्ताहरुलाई प्रशिक्षणमा सहभागी हुन कार्यवाहक सभापति खडक बीसीले विशेष आग्रह गर्नुभएको छ। उहाँले नेपाली कांग्रेसको सशक्तिकरण, संगठन विस्तार, र आगामी दिनका राजनीतिक चुनौतीहरूको सामना गर्न प्रशिक्षण अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ।
आज हुने प्रशिक्षणमा विशेष गरी वडा ,क्षेत्र, प्रदेश क र ख , जिल्ला स्तर र काग्रेंसबाट टिक लिएर निर्वाचित हुुनु भए जनप्रतिनिधि सवैलाई खवर गरिएको नेपाली काग्रेसं जिल्ला कार्यसमितिले एस अघिनै जनाइ सकेकोछ ।
कार्यक्रममा प्रदेश कार्यसमिति कर्णाली प्रदेशका र जिल्लाका पार्टीका वरिष्ठ नेताहरू, प्रशिक्षक, र विषयविज्ञहरूले संगठनात्मक कार्यशैली, जनप्रतिनिधिहरूको भूमिकाबारे तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग लगायत विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ।
उक्त प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले सञ्चालन गरिरहेको पुनः सक्रियता अभियान र प्रदेशको प्रशिक्षण विभाग अन्तर्गतको कार्यक्रम हो। जिल्लामा लामो समयपछि यस्तो समग्र प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेकाले कार्यकर्ताहरूमा उत्साह देखिएको छ।
कार्यक्रम होटल रम्बा जाजरकोटको सहभा हलमा आज विहान ११.३० देखि आयोजना गरिएको छ ।
