लिला पौडेल २९ असार जाजरकोट /
महाकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तिको अवसरमा जाजरकोट सदरमुकाम खलंगामा विशेष कविता वाचन तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ। जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका दर्जनौं साहित्यकार तथा सामाजिक व्यक्तित्वहरू सक्रिय सहभागी बनेका थिए।

फोटो क्याप्सन / जाजरकोट खलंगा स्थित ठाँटी बजारमा आयोजना गरेको कविता बाचन तथा प्रवचन कार्यक्रममा सहभागी आफ्नो सिर्जना बाचन तथा प्रबचन गर्दे – तस्बिर बालकुमार शर्मा
कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष खम्ब जंग शाहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कविता बाचन तथा प्रवचनमार्फत साहित्यिक प्रस्तुतिहरू मार्फत महाकविको योगदानको चर्चा गरिनुको साथै समकालीन समाजमा देखिएका विकृति–विसंगतीहरूलाई प्रहार गरियो।
कविता वाचन गर्ने स्रष्टाहरूमा कवि एवं जाजरकोटका स्रष्टा राजुराजा सिंह, मित्र गणेश श्रेष्ठ, भूपेन्द्र बोहरा, हेमन्त कुमार खत्री, जिएम दिपु दिपेन्द्र, पार्वती वली, शुसिला खडुका, साहित्यकार एवं पत्रकार बालकुमार शर्मा, एकता आचार्य तथा रोल्पा जलजला बहुमुखी क्याम्पसका उप–प्रध्यापक कृष्णप्रसाद न्यौपाने लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, साहित्यकार एवं भेरी ज्ञानोदय क्याम्पस जाजरकोटका प्रध्यापक चन्द्र चिन्तन, साहित्यकार एवं शिक्षक अच्युतप्रसाद शर्मा लगायतले भानुभक्त आचार्यको योगदानबारे मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले नेपाली भाषा, संस्कृति, रास्ट्रिय चेतना निर्माणमा महाकविको योगदान अतुलनीय रहेको धारणा राखे।
कार्यक्रममा त्रिभुवन मावि खलंगाका पूर्व प्राचार्य केदारबहादुर शाह लगायत स्थानीय समाजसेवी, शिक्षक, युवा तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

फोटो क्याप्सन / जाजरकोट खलंगा स्थित ठाँटी बजारमा आयोजना गरेको कविता बाचन तथा प्रवचन कार्यक्रममा सहभागी आफ्नो सिर्जना बाचन तथा प्रबचन गर्दे – तस्बिर बालकुमार शर्मा
कविताहरूमा समसामयिक राजनीतिक, सामाजिक र सांस्कृतिक विकृति–विसंगतिहरूको उजागर गरिनुका साथै नेपाली सामाजिक संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्द्धनमा स्रष्टाहरूले सशक्त रुपमा आवाज उठाएका थिए।
कार्यक्रममार्फत साहित्य र संस्कृति प्रति नागरिक सचेतना बढाउने उद्देश्यसहित भानुभक्तको योगदान स्मरण गरिएको आयोजक संस्था जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जनाएको छ।
कार्यक्रमको समापनमा वोल्दै कार्यक्रमका अध्यक्ष खम्ब जंग शाहले जाजरकोटम अरु कार्यक्रममा जस्तो साहित्यक कार्यक्रममा मान्छे कार्यक्रम स्थलमै वाइक घुइक्याउदै नदेखे जस्तो गरि जाने प्रवित्ति बढेको वताउनु भयो ।उपभोक्ता समिति भने पछि लछार पछार गर्ने तर साहित्यक कार्यक्रम भने पछि नदेखे जस्तो गर्दा दुःख लागेको समेत व्यक्त गर्नु भएको थियो ।
यस्ते साहित्यले समाजमा परिर्वतन गर्नका लागि समसामयिक विषय बस्तुहरुलाई चासो र व्यागंगे प्रहार समेत हुने भएकोले सेवा प्रवाह गर्ने निकायले सुधार समेत गर्न जोड दिने अबस्था समेत ल्याउन सक्ने साहित्यले ताकत राख्ने कुरा व्यक्तगर्दे अध्यक्ष कामको सिलशिलामा वाहिर भएकोले आफ्नो अध्यक्षतामा कार्यक्रम भएको प्रकास पार्दे कार्यक्रमको समापन गनुर्् भएको थियो कार्यक्रम कवि तथा सम्पदा संरक्षण प्रतिष्ठानका सदस्य टविन काकीैले संचलन गनुर्् भएको थियो ।
