Oda khabar
ट्रेण्डिङ

जाजरकोट, ३० असार \
नेकपा माओवादी केन्द्र जाजरकोटले भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया सुस्त भएको भन्दै विभिन्न मागसहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा भूकम्पबाट पूर्णरूपमा भत्किएका माटो र ढुंगाले बनेका सबै घरहरूको तत्काल डीडीए ९डेमेज डाइग्नोसिस एसेसमेन्ट रिपोर्ट तयार गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, चर्किएर बस्न नै नमिल्ने अवस्थामा पुगेका घरहरूलाई सामान्य प्रवलिकरण मा राखिएको भन्दै कार्यविधि संशोधन गरी सबै यस्ता घरलाई प्रवलिकरण अन्तर्गत समावेश गर्नुपर्ने र अनुदान रकम वृद्धि गर्नुपर्ने माग पनि राखिएको छ।

माओवादी केन्द्रले भूकम्पपीडितहरूका छुट भएका घरहरूको तथ्यांक तत्काल संकलन गर्न, निर्माणाधीन अस्थायी टहराका बाँकी रकमको तुरुन्तै भुक्तानी सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ।

पार्टीले आफ्ना यि मागहरू १५ दिनभित्र कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिएको छ।

पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा संयोजक टेक बहादुर रावल, सचिव इमाश्वर देवकोटा र जिल्ला इन्चार्ज गणेश प्रसाद सिंहको हस्ताक्षर रहेको छ।

ज्ञापन पत्र बुझाएपछि पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै सरकारले जनताको पीडा सुनुवाइ नगरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय