Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधि ३१ असार जाजरकोट— भेरी नगरपालिका–४ गैरीखालीका महेन्द्र कुमार भडेलको उपचारका लागि ‘एक कप चिया अभियान क्लब’को पहलमा ४ लाख ६६ हजार ५ सय ७० रुपैयाँभन्दा बढी सहयोग संकलन गरिएको छ।

उच्च रक्तचाप (ब्लड प्रेसर)का कारण स्वास्थ्य अवस्था गम्भीर बनेका भडेल हाल नेपालगन्जस्थित एक नर्सिङ होममा उपचाररत छन्। आर्थिक अभावका कारण उपचारमा समस्या आउन थालेपछि स्थानीय युवा तथा सामाजिक अभियन्ताहरु सक्रिय बनेका थिए।

‘एक कप चिया अभियान क्लब’ले खलंगाका पाँच स्थानमा अभियान सञ्चालन गर्दै सहयोग संकलन गरेको हो। उक्त अभियानमा देश तथा विदेशमा रहेका सहयोगी मनहरुको उल्लेख्य साथ र योगदान प्राप्त भएको अभियानका सक्रिय अभियन्ता अनिश कुमार कार्कीले जानकारी दिए। “हामीले विगतदेखि नै सामाजिक उत्तरदायित्वका भावना साथ यस्ता सहयोगी काम गर्दै आएका छौं,” कार्कीले भने।

सहयोग रकम संकलनपश्चात् खलंगामा आयोजित एक औपचारिक पत्रकार सम्मेलनमार्फत उक्त रकम पीडित भडेलका परिवारका आफन्तलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा सहभागी अधिकांश युवा स्वेच्छिक रूपमा जुटेका थिए।

स्थानीय तहमा बढ्दो रूपमा देखिएको सामाजिक उत्तरदायित्व र युवाहरुको सक्रियताले यस्ता मानवीय सहयोग कार्यलाई प्रेरणादायी

बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय