बालकुमार शर्मा ३ साउन ,जाजरकोट ।
जाजरकोट सदरमुकाम खलंगामा जिल्ला र स्थानीय तहका बाल संरक्षण सम्बन्धी काम गर्दै आएका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिको समन्वयमा आयोजना गरिएको कार्यक्रममा जिल्लामा क्रियाशील संघ संस्थाहरूले सञ्चालन गरिरहेका परियोजनाहरूको समेत अभिमुखीकरण गरिएको थियो। कार्यक्रम जिल्ला समन्वय समिति जारकोटको आयोजना तथा पाचँतारा युवा संरक्षक मञ्च जाजरकोट द्धारा संचालित वल्र्ड भिजनको परियोजनाको आर्थिक सहयोगमा आयोजना गरिएको हो ।

फाटो क्याप्सन / भेरी नगरपालिकाका महिला तथा बालबालिका शाखा फोकल पर्सन शारदा शर्मा कार्यक्रममा आफ्ना अभ्यासहरु सुनाउदै तस्विर : बडाखवर
पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान, महिला अधिकार मञ्च, बाल विवाहविरुद्धको साझा अभियान लगायतका संघसंस्थाहरूले जाजरकोटमा बाल अधिकारका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्।
कार्यक्रममा भेरी नगरपालिकाका महिला तथा बालबालिका फोकल पर्सन शारदा शर्मा, छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापा (अपिल), जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुमार शर्मा लगायतले बालबालिकासँग सम्बन्धित पछिल्ला घटनाक्रम तथा सरोकारबारे जानकारी गर्नू भएको थियो ।
त्यस्तै, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (OCMC) सम्बन्धमा ओसीएमसी जाजरकोटका फोकल पर्सन नारायणी शाहले सेवाहरूको प्रकृति र पहुँचबारे प्रष्ट पार्नु भएको थियो ।
जाजरकोट सदरमुकाम खलंगामा जिल्ला र स्थानीय तहका बाल संरक्षणसम्बन्धी कार्य गर्दै आएका निकायहरूबीच महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति जाजरकोटको समन्वयमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील संघसंस्थाहरूले सञ्चालन गरिरहेका बालमैत्री परियोजनाहरूको अभिमुखीकरण गरिनुको साथै सरोकारवालाबीच सहकार्य, नीतिगत समन्वय र आगामी योजनाबारे स्पष्ट धारणा बनाउने प्रयास गरिएको थियो।
बालमैत्री समाज निर्माणतर्फ अग्रसरता
कार्यक्रममा पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान, महिला अधिकार मञ्च, बाल विवाहविरुद्धको साझा अभियान लगायत संघसंस्थाहरूले सञ्चालन गर्दै आएका बाल अधिकार, शिक्षा, स्वास्थ्य, लैंगिक समानता र बाल विवाह न्यूनीकरणसम्बन्धी कार्यक्रमहरूबारे जानकारी दिइएको थियो।
अन्तरक्रियामा भेरी नगरपालिकाका महिला तथा बालबालिका फोकल पर्सन शारदा शर्मा, जिल्ला न्याधिबक्ता सकारी वकीलले समेत बाल विवाह र बाल अधिकार हनन्रमा हुन सक्ने कानूनी व्यवस्थाका वारेमा प्रशिक्षण गर्नु भएको थियो ।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापा (अपिल), जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख वसन्त कुमार शर्मा लगायतले बालबालिकासँग सम्बन्धित घटनाक्रम, समस्याहरू, कानुनी संरक्षण र स्थानीय संरचनाको भूमिका बारे धारणा राखेका थिए।
त्यस्तै, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (OCMC) का फोकल पर्सन नारायणी शाहले बालबालिका तथा महिलामाथि हुने हिंसाका घटनाहरूमा अस्पतालले प्रदान गर्ने तत्कालीन सहयोग, मनोसामाजिक परामर्श र कानुनी सहायता विषयमा विस्तृत जानकारी समेत दिनु भएको थियो ।

फाटो क्याप्सन / पाँचतारा युवा संरक्षक मञ्चको तर्फबाट परियोजनाका संयोजक विरेन्द्र कुमार थारु गतिविधिहरु प्रस्तुत गर्र्देै तस्विर:बडाखवर
स्थानीय तहका प्रमुख सरोकारवालाको सहभागिता
कार्यक्रममा छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न बहादुर खड्का, उपप्रमुख थापा, कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंह, वारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरी (निशान), गैसस महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेत, महिला अधिकार मञ्चकी शोभा सिंहलगायत दर्जनभन्दा बढी संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
सहभागीता नहुनुमा समन्वय प्रमुखको भेरीका वडा अध्यक्ष र मेयर उप मेयर संग गुनासो
जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले जिल्लामा आयोजना हुने यस्ता महत्वपूर्ण कार्यक्रमहरूमा भेरी नगरपालिकाका दुवै वडा अध्यक्षहरू, नगर प्रमुख तथा उपप्रमुख सहभागी नहुने गरेकोप्रति गम्भीर असन्तुष्टि जनाउँदै यस्तो व्यवहारले जिल्ला समग्रमा कमजोर समन्वय र योजना कार्यान्वयनमा समस्या निम्त्याएको बताए। “नियमित बोलाउँदा पनि प्रमुख जनप्रतिनिधिहरू नआउनुले आफूलाई दुःख लागेको छ,” वहाले प्रतिक्रिया दिनु भयो ।।
११ बुँदे साझा प्रतिबद्धता सार्वजनिक
कार्यक्रमको समापनमा जिल्लामा बाल विवाह, बालश्रम, हिंसा, लैङ्गिक विभेद न्यूनीकरणका साथै शिक्षा, स्वास्थ्य, संरक्षणलगायत क्षेत्रमा सबै निकाय मिलेर पहल गर्ने उद्देश्यले ११ बुँदे साझा सार्वजनिक प्रतिबद्धता पत्र जारी गरिएको छ।
यस प्रतिबद्धताले भविष्यमा नीति निर्माण, बजेट विनियोजन, जनचेतना अभिवृद्धि तथा अन्तरसंस्थागत सहकार्यलाई सशक्त बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सम्भावित प्रभाव
यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले जिल्लाको बाल संरक्षण प्रणालीमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ।
-
पहिलो, विभिन्न संघ संस्थाबीच समन्वय र साझा दृष्टिकोण विकासले दोहोरो प्रयासलाई घटाउँदै प्रभावकारी परिणाम ल्याउन सक्छ।
-
दोस्रो, सरोकारवालाबीच स्पष्ट जिम्मेवारी बाँडफाँट र सेवा प्रवाहको पहुँच विस्तार हुनसक्छ।
-
तेस्रो, यस्तो सहभागितामूलक अभ्यासले नीति तहमा बालबालिकाको हितमा बजेट सुनिश्चितता र कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ।
-
चौथो : अभिभावक, समुदाय र स्थानीय सरकारबीचको सहकार्य अझ मजबुत बनेमा बाल अधिकार सुरक्षित गर्न सकिने आधार निर्माण हुनेछ।
- अन्ततः अरु संघ संस्था र स्थानीय तहहरुले पनि भोलिका दिनमा यस्तै खालक कार्यक्रम गर्न प्रेरणाको रुपमा यो कार्यक्रम देखिएको थियो ।
कार्यक्रमको सहजीकरण एंब संचालन जिल्ला समन्वय समितिका सदस्य खडक वि.सि.ले गर्नुभएको थियो। कार्यक्रममा वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित , स्पोन्सर सिप कार्यक्रम अन्र्तगत संचालन भएको आजको अन्तर्रक्रिया कार्यक्रममा पाँचतारा युवा संरक्षक मञ्च एवं परियोजनाको तर्फबाट जारकोटका कार्यक्रम संयोजक विरेन्द्र कुमार थारुले बाल अधिकारका क्षेत्रमा भएका विभिन्न प्रयासहरुका वारेमा सहभागीमा प्रकाश पार्नु भएको थियो यस्तै , मिल अफिसर गणेश वाणिया लगाएत संस्थाका कर्मचारीहरुको समेत कार्यक्रम व्यवस्थापनमा सहयोग रहेको थियो । यस्ता कार्यक्रम नियमित नहुदाँ सरकारी निकायहरु समेत प्रभाबकारी रुपमा काम गर्न नसकेको गुणासो आउने गरेको छ ।
