Oda khabar
ट्रेण्डिङ

भूकम्पपछिको राहत वितरण र प्रारम्भिक मूल्यांकन रिपोर्टप्रति असन्तुष्टि जनाउँदै जाजरकोटका स्थानीय नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्।

भेरी नगरपालिका–३ र ४ का बासिन्दाले राहत तथा पुनःस्थापनासम्बन्धी डिडिए (जिल्ला विपद् व्यवस्थापन समिति) को प्रारम्भिक प्रतिवेदनले वास्तविक क्षतिको यथार्थ चित्रण नगरेको भन्दै आपत्ति जनाएका हुन्। प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएदेखि नै सम्बन्धित वडाका अध्यक्षहरू पनि रिपोर्टप्रति आश्चर्य व्यक्त गर्दै आएका छन्।

वडा कार्यालयबाट पटक–पटक आवाज उठाइए पनि आवश्यक सुनुवाइ नभएको भन्दै आज भेरी नगरपालिका–३ का स्थानीय नागरिकहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। ज्ञापन पत्र बुझाउने टोलीमा नागरिक अगुवा राजेन्द्र विक्रम शाहको नेतृत्वमा राप्रपाका नेता दिपक खनाल, प्रयास विक्रम शाह लगायत सहभागी थिए।

उनीहरूले प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापन पत्र बुझाउँदै वास्तविक पीडितहरूलाई राहत पुर्‍याउन पारदर्शिता र यथार्थ मूल्यांकनमा जोड दिएका छन्।

स्थानीयहरूको भनाइमा सरकारी तथा अन्य संस्थाबाट राहतको घोषणा भए पनि वास्तविक पीडितहरूमा राहत पुग्न नसक्नु दुःखद विषय हो। “कागजमा काम भएको देखिए पनि पीडितले राहत महसुस गर्न पाएका छैनन्,” नागरिक अगुवा शाहले बताए।

यसअघि पनि स्थानीयहरूले डिडिएको रिपोर्ट प्रति गम्भीर प्रश्न उठाउँदै सुधारको माग गर्दै आएका थिए। तर मागहरू सुनुवाइबिनै उपेक्षा हुँदै गएकाले केन्द्रसम्म ध्यानाकर्षण गराउन बाध्य भएको उनीहरूको भनाइ छ।ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी मंग्रातीले छिट्टै विज्ञप्ती सम्बन्धित निकाय सम्म पुर्याइदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय