Oda khabar
ट्रेण्डिङ

 – देशभर सक्रिय भएको मौसमी प्रणालीका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। मौसम विभागका अनुसार विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा हाल वर्षा भइरहेको छ भने गण्डकीभन्दा पूर्वका अधिकांश ठाउँमा रातभर र बिहान वर्षा भएको हो।

सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा २०५ मिमी मापन गरिएको छ। धनकुटाको त्रिवेणीमा १९५ मिमी र इलामको माइपोखरीमा १८२ मिमी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रणाली भोलिसम्म सक्रिय रहेपछि विस्तारै कमजोर हुँदै जानेछ। हाल मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा अलि उत्तरतर्फ रहेकाले वर्षा गराउने प्रणाली विकसित भएको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वतको मोदीखोलामा जलसतह सतर्कता तहसम्म पुगेकाले तटीय बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ। यस्तै, सुनसरी र मोरङमा पर्ने सेउती, बूढी र खेसलिया खोलाको आसपास पनि सतर्कता अपनाउन भनिएको छ।

वर्षाका कारण केही स्थानहरूमा बाढी, पहिरो र डुबानको जोखिम रहेकाले यात्रा र सतर्कता सम्बन्धी सुझावहरू अपनाउन मौसम विभागले आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय