Oda khabar
ट्रेण्डिङ

लेखक: ज्ञानेश्वर कार्की वहाँ नेपाल सरकारको जडिबुटी कम्पनी लि. का पुर्ब सिइओ हुनुहुन्छ ।

कमिलासँगको दुई हप्ते युद्ध – मेरो घरको कथा

भान्सामा चिया पकाउन जान्थेँ, कमिलाले स्वागत गर्थे।
शौचालयमा गइन्थ्यो, कमिला हात धुने बेला ठिक्क परेकै हुन्थे। बैठक कोठा? तिनीहरूको परेड चलिरहेकै! कस्तो बेला आयो यो?”

त्यो कुनै एउटा कमिला उपनिवेश थिएन — त्यो त “कमिला महाशक्ति” को आक्रमण रहेछ। घर बाहिर र भित्र गरेर लगभग एक हजार उपनिवेश (colonies)

र सबैभन्दा दुखद त के भयो भने—मैले राखेका दुइटा मौरी घार नै बिगारिदिए। कमिलाको आक्रमण सहन नसकेर मौरीहरूले घार छोडे।

त्यो मात्रै होइन, यो याम किराहरूको ब्रीडिङ सिजन पनि रहेछ।
श्रावणदेखि कात्तिकसम्म—उनीहरू नयाँ रानी किरा जन्माएर पूरै नयाँ उपनिवेशहरू बनाउँछन्। रानीहरू उडेर अर्कै ठाउँ जान्छन्, जोडी बस्छन्, अनि पखेटा फालेर नयाँ राज्य बनाउँछन्।

तपाईंलाई लाग्ला, हो, साधारण किराफट्याङ्ग्रा! तर जब मैले दुई हप्ता समय दिएर हजारभन्दा बढी कमिलाका उपनिवेश (colony) पत्ता लगाएँ—तब थाहा भयो, यिनीहरू त सारा घरभित्रै ‘सहर’ बसालेर बसेका रहेछन्। मैले त्यो साम्राज्यलाई ढाल्नुपर्‍यो — किनभने त्यो विस्तार हुँदै गईरहेको थियो, पर्खालभित्रै।

अनि सुरु भयो: मेरो “सिमेन्ट युद्ध”

२ हप्तासम्म हरेक कुनाको निरीक्षण गर्दै ६ किलो सेतो सिमेन्ट प्रयोग गरी हर एक उपनिवेश, सुरुङ, प्वाल बन्द गरेँ।

आज मेरो घर फेरि शान्त र सफा छ। भान्सा, बैठक, शौचालय — सबै फेरि मानव नियन्त्रणमा फर्केका छन्।

के म जैविक विविधताको विरुद्ध भए? जैविक विविधता भनेको जुनसुकै प्रजातिलाई स्वच्छन्द रूपमा बढ्न दिने होइन। त्यो सन्तुलनको कुरा हो।

कमिला प्रकृतिको हिस्सा हुन्। तर जब उनीहरूले मौरीझैँ महत्त्वपूर्ण प्रजातिलाई विस्थापित गर्छन्, र घरलाई मानवको भन्दा कमिलाको बासस्थान बनाउँछन्, त्यसपछि त्यो संरक्षण होइन, अराजकता हो।

के के सिके मैले? रमाइला तथ्यहरू:

कमिलाले पनि फङ्गस खेती गर्छन् — आफ्नो घर भित्रै “खेत” बनाउँछन्! उनीहरू फेरोमोनको माध्यमबाट संचार गर्छन् — रासायनिक जीपीएस! कमिलाको रानीले एकपटक मात्र जोडी (mating) बस्छिन्, तर वर्षौंसम्म अण्डा दिन्छिन्। केही कमिला प्रजातिले अरू प्रजातिलाई “गुलाम” बनाउँछन् ।

निष्कर्ष…

म कमिलाको बिरुद्ध होइन। म सन्तुलनको पक्षमा छु। म मौरी पनि चाहन्छु, कमिला पनि —तर आ-आफ्नो ठाउँमा। किनभने प्रकृति सँगको लडाइँ होइन, संवाद नै समाधान हो।

बिना विषादीको तरिकाले सन्तुलन फर्काउनु सम्भव छ।
बस चाहिन्छ धैर्य, अवलोकन र eco-system लाई बुझ्ने आँखा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय