लिला पौडेल ६ साउन जाजरकोट /
दलित बालबालिका तथा युबायुबतीहरुको शैक्षिक अबस्थामा सुधार गर्ने भन्ने मुल नाराका साथ दलित बालबालिकाहरुको शिक्षामा पहुच बिस्तारकालागी शैक्षिक पैरवी सम्बन्धि अभिभावक अभिमुखीकरण कार्यक्रम आज जाजरकोट सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

फोटो क्याप्सन > कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई जाजरकोटका प्रमुखलाई सम्मान तथा स्वागत गर्दै। तस्बिर – वडाखबर ।
कार्यक्रम नेपाल रास्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटको आयोजनामा भएको कार्यक्रममा जिल्ला सयोजक कृष्ण तिरुवाले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रम जिल्ला शाखाका कार्यबाहक अध्यक्ष सुनिता सुनार को अध्यक्षता तथा जिल्ला समन्वय समिती जाजरकोटका सद्स्य खडक बि .सी.को प्रमुख आतिथ्यता र शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख योगेश्वर खत्रीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गैसस महासंघका जाजरकोट अध्यक्ष सहदेब बस्नेत , पहाडी क्षेत्र बिकास अभियानका भिम बहदुर बि क ,अकोराबका कर्णाली प्रदेस समितीका कोषाध्यक्ष बालकुमार शर्मा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा दलित छात्रवृत्ति पाएका बालबालिकाका अभिभावकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा छात्रवृत्तिले धेरै ठूलो काम गरेको प्रतिक्रिया दियका थिय । यो कार्यक्रमलाई जिल्लाभरी लैजानु पर्ने मा सहभागीहरुले जोड दियका थिए ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै पत्रकार बालकुमार शर्माले यो कार्यक्रमले जाजरकोटमा दलित बालबालिकाहरुको लागि महत्त्वपूर्ण सयोग पुर्याउदै आएकोले कार्यक्रमको थप क्षेत्र बिस्तार गर्नुपर्नेमा जोड्दिनु भएको थियो । कार्यक्रममा पहाडी क्षेत्रबिकास अभियानका भिम बहादुर बिक ले मौलिक हकमा भएको ब्यबस्था अनुसार सबैले बेलैमा जनप्रतिनिधि हरुलाइ पैरवी गर्न सकियो भने थप प्रभाबकारी हुने औल्याउनु भएको थियो ।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष सहदेब बस्नेतले जाजरकोटमा यो कार्यक्रम प्रभाबकारी रहेको र थप क्षेत्र बिस्तार गर्नु पर्नेमा जोड दिनु भएको थियो ।कार्यक्रममा जाजरकोट जिल्लामा आउनुभयका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख योगेश्वर खत्री लाई कार्यक्रममै स्वागत तथा सम्मान समेत गरिएको थियो ।
स्वागत तथा सम्मान पछि शिक्षा बिकास तथा समन्वय इकाई जाजरकोटका इकाई प्रमुख योगेश्वर खत्रीले थोरै बजेट्ले पनि राम्रो कार्यक्रम गरेकोमा धन्यबाद दिदै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
यस्तै कार्यक्रममा प्रमुख अतिथी समन्व,समिति सदस्य खडक बि.सीले कार्यक्रमको प्रभाबकारीताका लागि आफुले गर्नु पर्ने सहयोग सधै गर्न तयार रहेको बताउनु भयो । नियमित रुपमा समन्वय गरीरहेकोमा संस्थालाइ धन्यबाद समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सस्थाका कार्यवाहक अध्यक्ष सुनिता सुनारले आफ्नो संस्थाले सबै सङ्ग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाइ बढाउन लागि पर्ने प्रतिबद्धता सहित सबैलाइ धन्यबाद दिदै अहिले बिध्यार्थी लाई सिधै खातामा पैसा पठाउने ब्यबस्थापन समेत भएकोले कार्यक्रम प्रभावकारी हुँदै गएको भन्दै संस्थामा बिगत देखी नै राम्रो अभ्यास हुँदै गएको बताउदै आफ्ना भनाइ सहित कार्यक्रमको समापन गर्नु भएको थियो । 


