Oda khabar
ट्रेण्डिङ

बालकुमार शर्मा ६ साउन जाजरकोट /
जाजरकोटमा प्रहरीले बार्षिक प्रगती बिबरण सार्बजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा आयोजना गरीएको पत्रकार सम्मेलन तथा बार्षिक प्रगती विवरण सार्बजनिक कार्यक्रममा गत आर्थिक बर्षमा भएका प्रगतीहरुको बारेमा जानकारी गराइएको थियो ।
प्रहरीले जिल्ला भर गरेका  गत आर्थिक बर्षको गतीबिधीहरु जाजरकोट प्रहरीले आज पत्रकारहरुबिच सार्बजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा आज सदरमुकाम खलंगामा भएको कार्यक्रममा जाजरकोट प्रहरीले गत आर्थिक बर्षमा गरेको प्रगतीको समिक्षा समेत गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माको कार्यकक्षमा आयोजना गरिएको पत्रकार भेटघाट तथा बार्षिक प्रगती विबरण सार्बजनिक कार्यक्रममा  जिल्लामा दर्ता भएका विभिन्न मुद्दा तथा कार्यालयले गरेका विभिन्न कार्यक्रमको बारेमा  समेत सहभागी पत्रकारहरुलाइ जानकारी गराइएको थियो ।
जसमध्य झैझगडाका १५७ मुद्दा  दर्ता भएकोमा १५७ वटानै फरछ्ैयाैट भएको बताइएको थियो ।

यो बर्ष २ हजार ७ सय २१ यातायातका साधन कार्बाही भएको र जम्मा २८ लाख ८ हजार  राजस्व संकलन भएको जाजरकोट प्रहरीका  प्रबक्ता तथा प्रहरी इन्स्पेक्टर सन्तोष चन्द्ले प्रकास पार्नु भएको थियो ।
सामुदायिक साझेदारी अन्तगत  ११ हजार १ सए ६७  जना नागरिकले लाभ लिएका छ्न ।
यस्तै लागू औषध अफिम फडानी १४०२ रोपनी फडानी गरिएको छ । जस अनुशार भेरीमा ७ रोपनी नलगाडमा १ हजार ३ सए ९२ रोपनी र बारेकोटमा ४ रोपनी अफिम फाडेर नस्ट गरिएको प्रहरीले जनाएको छ ।
अफिममा सजाय धेरै भएकोले यो खेती नगर्न स्थानीयलाई जन चेतना प्रवाह गर्न आबस्यक रहेको जाजरकोट प्रहरीले सहभागीहरुलाइ प्रकाश पारेको थियो ।

जाजरकोटमा चाडबाडमा यातायातका साधनहरुमा यात्रुहरुको फ्लो धेरै हुने भएकोले  जोखिम बढ्ने भन्दै सचेतता अपनाउन समेत पत्रकारहरुले आग्रह गरेका थिय ।

जाजरकोटमा प्रहरीले पछिल्लो समयमा लागुऔषध दुर्ब्यसनी विरुद्ध आफ्नो सक्रियता बढाएको छ ।
सदरमुकाम खलंगामा सिसि क्यामरा समेत बिग्रेकाले प्रहरीलाई समेत सदरमुकाम खलंगामा काम गर्न कठिन भएको छ   एस बिषयमा स्थानीय सरकार संग प्रहरी सहकार्य गर्न तयार भएको समेत प्रहरी प्रमुखको भनाइ थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय