वडाखबर प्रतिनिधि २७ साउन ,जाजरकोट /
जाजरकोटमा पनि २६ औ अन्तरास्ट्रिय युबा दिबस मनाइएको छ । दिगो बिकास र सुनौलो भबिस्यको सार स्थानीय युबाको सहभागीता समृद्धिको आधार भन्ने मुल नाराका साथ २६ औ अन्तरास्ट्रिय युबा दिबस राजनीतिमा युबा पुस्ता विषयक प्यानल छलफल कार्यक्रम खलंगामा समपन्न भएको छ ।
जिल्लाका राजनैतिक दलका प्रमुख युबा नेताहरु सङ्ग प्यानल छलफल गरेर दिबस मनाइएको हो ।
बक्ताहरुमा कमान खड्का , कृष्णा शाह , छवि पन्त , रामचन्द्र घर्ती र जिल्ला समन्वय उप प्रमुख दल बहादुर सिंह समेतको सहभागीता रहेको थियो ।

फोटो क्यापसन : कार्यक्रममा सहभागी प्यानलिस्टहरु ।
युबा प्रेम बहादुर बि. कको सहजीकरणमा भएको कार्यक्रममा २ दर्जन युबा र जिल्ला स्थित प्रमुख सरोकारवालाहरु सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्लाका समसामयिक बिषयबस्तुमा छलफल गरिएको थियो ।
कार्यक्रममा बिगतका कुरा र बर्तमान राजनीतिक कुराहरुमा आफ्ना बिचारहरु प्रकट गरेका थिय । राजनीतिक नेतृत्वले गरेका निर्णय र नीति नियम बारे चासो र चिन्तारु ब्यक्त गरीयको थियो ।
कार्यक्रममा युबालाई राजनीतिमा जोड्न सबै लाग्ने बाताबरण बनाउने जस्ता कार्यमा जोड दिने सहभागीहरुले बताएका थिय ।
