Oda khabar
ट्रेण्डिङ

काठमाण्डौ – नेपाली सेनाले लुटपाट र आगजनी नरोकिएमा राति १० बजेदेखि सुरक्षाकर्मीसहित सडकमा तैनाथ हुने बताएको छ ।

आन्दोलनका नाममा सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै सेनाले विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो ।

सेनाले यस किसिमका गतिविधिहरू नगर्न पनि आग्रह गरेको छ । यस्तै सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय