Oda khabar
ट्रेण्डिङ

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटद्वारा आयोजित चिया–पान कार्यक्रम आज सदरमुकाम खलंगामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस जाजरकोटका कार्यवाहक सभापति खडक वि.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) जाजरकोटका उपाध्यक्ष विश्व विक्रम शाह, नेकपा (एकीकृत समाजवादी) का नेता कमान खड्का, नेकपा (माओवादी केन्द्र) का नेता दिपक वि.क लगायतका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

कार्यक्रममा सहभागी अधिकांश नेताहरुले अब सच्चिएर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिएका थिए । उनीहरुले जिल्लाको समग्र विकास, शान्ति र आपसी सहकार्यका लागि दलबीच निरन्तर संवाद र विश्वासको वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

सहभागीहरुले चिया–पान कार्यक्रमलाई राजनीतिक सौहार्द र सहकार्यलाई प्रवर्द्धन गर्ने अवसरका रुपमा लिएका छन् ।

कार्यक्रममा नेपाली काग्रेंस कर्णाली प्रदेसका सह महामन्त्री राम छायाँ शाही , प्रदेश सदस्य नगेन्द्र शाह जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री लगाएत विभिन्न भातृ संघ संगठन शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्की , पार्टी सचिब तेज विक्रम शाहले समेत शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय