Oda khabar
ट्रेण्डिङ

जीत बहादुर चन्द खलंगा  । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा जिल्लाका सरकारी कार्यालय र स्थानीय तहहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गत वर्ष कार्यान्वयनमा आएका सरकारी नीतिहरू, कार्यक्रम तथा उपलब्धि सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । छलफलमा सरोकारवाला निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

समीक्षाका क्रममा जाजरकोट जिल्लाको समग्र विकासमा विभिन्न निकायले सञ्चालन गरेका गतिविधि, तिनले पु¥याएको योगदान तथा आगामी वर्षलाई अझ प्रभावकारी बनाउनुपर्ने रणनीतिहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा कार्यालयका प्रमुखहरूले आफ्ना अनुभव, उपलब्धि तथा चुनौतीहरूबारे धारणा राख्दै समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका सदस्य खड्क बहादुर वि.सीले गरेका थिए ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदन प्राय विगतका बर्षहरु झै भएको र खासै नविनतम न देखिएको जिल्ला समिक्षाको भोलिपल्ट संचालन भएको जिल्ला सभामा पत्रकार राजेन्द्रकार्कीले आफ्नो मन्तव्यमा बताएका थिए । यस्तै पाँचकाटिया सडकको सर्वपक्षिय अनुगमन भए पनि हाल सम्म अनुगमन प्रतिवेदन समेत सार्वजनिक भए नभएको जानकारी नभएको कार्कीको भनाइ थियो ।

कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलहका प्रमुख तथा प्रतिनिधिहरुले विगतमा भएको कमिकम्जोरीहरुलाई सच्याएर सवै मिलेर अगाडी वढ्ने कुरामा जोड दिनु आजको आवश्यकता रहेको औल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय