
फोटो क्याप्सन : जिल्ला अस्पताल परिरसमा हेलिकप्टर ल्याण्ड घाइतेलार्ई थप उपचारका लाग लिदै गर्दा /
बालकुमार शर्मा २१ असोज, जाजरकोट
आज जाजरकोटमा आरा मेसीन चलाउने क्रममा एक जना गम्भिर घाइते भएका छन् । आज विहान करिब १० बजेको समयमा रुकुम पश्चिम सानीभेरी गाँउपालिका घर भई हाल जाजरकोट भेरी नगरपालिका १ रिम्नाबजार स्थित वि.सी फर्निचर उद्योग संचालन गर्देआएका उद्योगका संचालक घाइते भएका हुन् ।
करिव ५४ वर्षका नन्दराम बुढा काम गर्ने सिलसिलामा बिद्युतिय आरा मेसिनमा पर्न जाँदा निजको पेट काटिएर घाईते भएको अवस्थामा फेलापरे पछि स्थानीयले उद्धार गरेका थिए उनलाई रिम्नाबाट जिल्ला अस्तपाल सम्म ल्याइएको र यहाँ उपचार सम्भब नभए पछि सिरियसकेस भएकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर द्वारा सुर्खेत पठाइएको, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरे राम डाँगीले जानकारी दिनु भयो ।
