Oda khabar
ट्रेण्डिङ

वडाखवर प्रतिनिधि / भेरी नगरपालिका–४ जगतिपुरस्थित शिवशंकर माध्यमिक विद्यालयमा १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत किशोरीहरू लक्षित विद्यालय स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ। महिला अधिकार मञ्च जाजरकोट र भेरी नगरपालिका महिला तथा ज्येष्ठ नागरिक शाखाको सहकार्यमा मंसिर १४ गते आयोजित कार्यक्रममा कक्षा ८ देखि १२ का ६५ जना किशोरीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पाइला एफएमकी स्टेशन म्यानेजर लिला पौडेलले गर्नुभएको थियो। छलफलमा सहभागी किशोरीहरूले आफूहरूले भोगिरहेका सामाजिक, पारिवारिक तथा विद्यालयगत चुनौतीहरू प्रस्तुत गरेका थिए। परम्परागत मूल्य–मान्यताहरूको दबाबले उनीहरूमा विभिन्न समस्या देखिन गएको विषय पनि छलफलमा उठाइएको थियो।

कार्यक्रमले किशोरीहरूलाई लैंगिक हिंसा, साइबर हिंसा तथा प्रविधिको सुरक्षित प्रयोगबारे विस्तृत जानकारी प्रदान गरेको आयोजक संस्थाले जनाएको छ। विद्यालयका शिक्षक–शिक्षिकाको सक्रिय सहकार्यमा सञ्चालन भएको कार्यक्रममा सहभागीहरूलाई डिजिटल सुरक्षा, अनलाइन दुव्र्यवहार पहिचान तथा आत्मसुरक्षाका उपायहरूसमेत परिचय गराइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय