Oda khabar
ट्रेण्डिङ

नेपाली कांग्रेस जाजरकोटले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरूको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिले दिएको निर्देशनअनुसार जिल्ला कार्यसमिति बैठकले सर्वसम्मतरूपमा उम्मेदवारको सूची पारित गरेको हो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ उपसभापति खड्गबहादुर बुढा, निवर्तमान सांसद मैना कार्की, महासमिति सदस्य मुक्तिप्रसाद आचार्य, महासमिति सदस्य महेन्द्रबहादुर शाह र नेता रामजंग शाहको नाम सिफारिस गरिएको जिल्ला समितिले जनाएको छ।

त्यसैगरी, प्रतिनिधि सभा समानुपातिकतर्फ कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री रामछाया शाही, महाधिवेशन प्रतिनिधि हजारी नेपाली बादी, महाधिवेशन प्रतिनिधि भुमिलाल रोकाय, महाधिवेशन प्रतिनिधि जनक बादी र नेत्री बिष्णु गिरीको नाम केन्द्रमा सिफारिस गरिएको छ।

यस्तै राष्ट्रिय सभा तर्फ नेता ,महाधिवेशन प्रतिनिधि खम्ब जंग शाह , दिपक जंगं शाहगिता शाहीलाई शिफरिस गरेको हो ।

कांग्रेस जाजरकोटले सिफारिस सूची केन्द्रमा पठाइसकेको र अन्तिम निर्णय केन्द्रीय समितिबाट हुने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय