Oda khabar
ट्रेण्डिङ

जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडकबहादुर बुढाले मतदातालाई पैसाको प्रलोभनमा नपरी आफ्नो स्वाभिमान जोगाउँदै स्वविवेक प्रयोग गरी मतदान गर्न आग्रह गरेका छन्।

मंगलबार भेरी नगरपालिका वडा नम्बर ३, ५ र ६ मा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार बुढाले चुनावी समय पैसाको चलखेल बढ्दै गएको भन्दै मतलाई पैसासँग साट्नु जनताको स्वाभिमान बेच्नु सरह हुने बताए।

उनले नेकपा उम्मेदवार शक्ती बस्नेततर्फ संकेत गर्दै जनताको विश्वास जित्न नसकेपछि पैसामार्फत मत किन्ने प्रयास भइरहेको आरोप लगाए।
“जनताको मन जित्न नसकेर पैसाले मत किनिरहेका छन्। पैसामा मत नबेच्नु नै सबैभन्दा ठूलो स्वाभिमान हो,” बुढाले भने, “कांग्रेसले जनताको मन जित्नेछ, त्यसका लागि सबै एकताबद्ध भएर लाग्नुपर्छ।”

बुढाले आफूले जाजरकोटका स्थानीय समस्या नजिकबाट बुझेको दाबी गर्दै अन्य उम्मेदवारहरूले चुनावका बेला आश्वासन बाँड्ने तर काठमाडौं पुगेपछि जनतालाई बिर्सिने प्रवृत्ति रहेको टिप्पणी गरे। उनले कांग्रेसलाई विश्वास गरेर मत दिन आग्रह गर्दै आफू पैसा बाँडेर मत नकिन्ने र खोक्रा आश्वासन नदिने स्पष्ट पारे।

कार्यक्रममा सहभागी मतदाताहरूले कांग्रेसलाई मत दिन तयार रहेको प्रतिक्रिया दिँदै बाहिर रहेका स्थानीय मतदातालाई समेत मतदानका लागि गाउँ फर्किन प्रेरित गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय